कन्याम

0
184
सुवाश संयम

************
म सुदुर पुर्वको कन्यामको
शिखरमा छु
म यो शिखरवाट सुदुर पश्चिमको
सम्झना गरिरहेछु
म कन्यामको सुन्दरतावाट
स्निग्ध छु
र यो स्निग्धतासंङ
चाँदनी र दोधारा सम्झिरहेछु।

खोइ के कसो भएको छ
मलाई पुर्वको सुन्दरताले
पस्चिमको निकै याद दिलाइरहेछ
मैले कन्यामका राइनीहरुको विचवाट
डोटि तिरका डोटेल्नीहरुको
सम्झना गरिरहेछु
कोसि र कोसि वरिपरिवाट
काली र काली वरिपरिका
सम्झनाहरुलाई घुलमिल
बनाइरहेछु।

साच्चि
यी चिया वगानका सुन्दरताहरुले
महाकालीका सुन्दरताहरुलाई
स्मृतिपटलमा फ्याकिरहेछन
र देशको निकै सुन्दर
क्यान्भास
मुटुमा सजिएर
मनलाई नै उद्देलित पारिरहेछन
पागल बनाइरहेछन।

देशका यी अनगिन्ती
सुन्दरताहरुले
मलाई यो देशको
देशी हुनुमा
गर्भ लागेको छ
र म कन्यामको यो शिखरवाट
सगौरभ भन्न सक्दछु-
मेरो देश मेरो प्राण
धन्यवाद कन्याम, इलाम

मेरो देश।

२०७५-०६-२९
कन्याम,इलाम।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here