कदम चाल्नुछ

0
195
  • राम गैरे पाल्पाली

मन बाट बिकृति फाली कदम चाल्नुछ
चेतनाको दिपक बालि कदम चाल्नुछ

मिलि जुली हामीले फुल लगाउ खेतमा
एकताको बजाई ताली कदम चाल्नुछ

हटाउनु आसु त्यो गरिबको बस्ती भित्र
बिकृति विसंगति गाली कदम चाल्नुछ

माथि उठ तेरो मेरो नगर समाजमा
राम्रो राख नराम्रो ढाली कदम चाल्नुछ

बिहानीमा नाचौला खुसीको आस राखेर
दुख कष्ट हामीले टाली कदम चाल्नुछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here