कथा रणबहादुर वि.क.को

0
100

(पटक पटक सरकार फेरीए, घुम्ने कुर्सीमा बसेर सासन गर्ने मान्छेहरू फेरिए तर रणबहादुरको जीवन कहिल्यै फेरिएन)

गोल लागाउनु
खलाती धुनु
अरान चलाउनु
तातो रातो फलाम ठोक्नु
पसिनाले सधैं निथ्रुक्क भिज्नु
हजारौं कृषि औजारहरु निर्माण गर्नु
एक दिन होइन
दुई दिन होइन
पूरा जीवन भर ,असी सम्म
कालो धूलो मैलो सँग खेल्नु
समाजको अनवरत सेवा उनको
अझै अछुत पानी नचल्ने उनको
तर जीवन छ जहाँको तहीँ
अनि ज्वलन्त प्रश्न:
उहाँ जस्ता सयौंलाई
प्रजातन्त्र लोकतन्त्रले दियो के ?

-ज्ञामुराम न्यौपाने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here