कथा : पानी, आगो र भाँडाहरु छैनन् तर रोटी पाकेर गाउँँभरिकाले खाए रे

0
259

खिमराज चालिसे, चंडीगढ

एक दिन दुइ जना युवाहरुले मेरो घरको नजिकैको चौपारीमा वसेर मज्जाले गफ गरिरहेका थिए । विषय वस्तु के थियो शुरुमा मलाई थाहा भएन । तर मेरो आंकलनमा राजनैतिक नै हुनुपर्छ भन्ने लाग्यो किन की मैले डिंगा वाच्छाहरुको गोवर सोत्तर गर्दा त्यी दुइले मच्चीमच्ची गफ हाकिरहेका थिए र मैले गोठतिरको सबैकाम भ्एाई सक्दा भने उनीहरु चर्काचर्की कुरा गरिरहेका थिए । मलाई त त्यो गफगाफ साँच्ची नै राजनैतिक वहस नै भएको भन्न मन लाग्यो अन्यथा यो सामान्य छलफलले साँच्ची कै मेरो कथाको रुप लिने थिएन होला ।

म उनीहरुको छेउँमा पुगीसक्दा कथाको क पात्रप्रती वहस कै दौरानमा ख पात्रलाई निकै झोक चलेछ क्यारे उसले वडो आत्मविश्वासका साथ कटाक्ष गर्दै भन्यो– “यो सामाजिक व्यवस्था र हाम्रो चेतना कस्तो छ भने, यहाँ नहुने केहि छैन सबै सम्भवै सम्भव छ । म तिमीसँग कुनै दिन फराकिलो पाराले वताउने छु ।”

क पात्रले भने के सोच्यो थाहा छैन । तर नजिकै उभिएको मैले भने सोची भ्याए, शायद यि भाइलाई नेताहरुको जस्तै गफै लडाउने बानी परेछ क्यारे । कहिले पानी जहाज चलाउने कहिले मेलम्चीको पानी खुवाउने । कहिले पाइप लाइनबाट ग्यास ल्याउने, कहिले स्वीटजरल्याण्ड बनाउने त कहिले रेलै दौडाउने जस्ता हजारौं हजार सुशासन र आश्वासनका चुनावी भाषण वारम्वार सुनिसकेको भएर होला । मैले जस्तै उसले (क पात्रले) पनि ख पात्रप्रति रत्तीभर विश्वास गरेन्छ क्यारे । उनी विचैमा जुर्मुराउँदै उठेर हिँडे । त्यस पछि त्यो वहसमा पुर्णविराम पनि लाग्यो ।

केहि महिनाको अन्तराल पछि त्यी दुईपात्रहरु एउटा चिया पसलमा भेट भए छन् संयोगले म पनि । यतीवेला उनीहरुले आप्mनो भेटमा गत महिना छुटेको गफगाफ भनौं या छलफलको विषय गत समयको बाँकी भाग रहेछ ।

खाटी कुरा के रहेछ त भनि कौतुहलतापुर्वक वुझ्न खोज्दा उनीहरुको गफमा मलाई यसरी दंंग परेर सुन्ने अचम्मैको कुरा पो थाहा भयो ।

केहि समय पहिला ख पात्रले एकजना ग पात्रलाई दुइमुठ्ठी चामलको पिठो देखाउँदै भनेछ– “यो पिठो तिमीले लैजाउ र तिम्रा परिवारका वालवच्चाहरुलाई रोटी पकाएर खुवाउ ।”

कुरा अचम्म लाग्दो पनि थिएन । नत अपत्यार लाग्दो, तर पनि ग पात्रले कीन कसरी लैजाउँ ? कहाबाट आएको हो ? भन्ने प्रश्न वा छलफल गर्ने हिम्मत जूटाउन सकेन कि खै ? कुनै प्रतिवाद नगरी ग पात्र खालीहात लुरुक्क निस्कियो ।

भोली पल्ट उसले (ग पात्रले) आप्mनो छिमेकी गाउँँको एकजना साथीसँग भनेछ रे पल्लागाउँँको ख पात्रसँग एकपाथी चामलको पिठो छ, त्यो पिठोको रोटी बनाएर छिमेकीहरुलाई खुवाउँदै छ । त्यो सुन्ने साथीले आप्mनो नजिकको एकजनालाई फेरी भनेछ ख भन्ने पल्लो गाउँका मान्छेले त एकमुरी पिठो पिसेर राखेको छ रे टोलै भरि रोटी खुवाउने रे । त्यो सुन्ने अर्कोले कुनै एकजना अर्कासँग भनेछ पुरा गाउँँलाई पल्लागाउँको ख ले खाना खुवाउने हो अरे । यस्तै यस्तै कुरा बढदै जाँदा एकदिन ओल्लो गाउँभरि चर्चा भएछ । पल्लो गाउँको ख भन्ने मान्छेले त घ्युमा रोटी पकाकर पुरै गाउँभरिका मान्छेलाई खुवाएछ रे ।

त्यो हल्ला अब पल्लो गाउँँमा मात्र सिमित रहेन, अब त ओल्लोगाउँँका पनि घरघरमा यो खवर पुग्यो । त्यो खबर यहाँ मात्र सिमित थिएन ख पात्र जसको घरमा अझै पनि दुई मुट्ठी चावलको पिठो थियो । उसको घरसम्म पुग्यो । ख पात्रले क पात्रलाई आज अचम्मको यो कथा सुनाएर समाजका मान्छे पनि कस्ता कस्ता हुँदारहेछन् जहाँ पानी, आगो र भाँडाहरु छैनन् तर रोटी पाकेर गाउँँभरिकाले खाएको हल्ला गरिदिन्छन् भन्ने कुरा वताउँदै रहेछ ।

सत्य तथ्य नवुझी वा वुझ्नै नचाहाने हल्लै हल्लाको यो सन्दर्भलाई लिएर क र ख नामक दुइ पात्रहरुलाई केहि महिनाको अन्तराल पछि पुनः चिया पसलमा चर्चा गरि गरिरहेको सुनेर पनि म भने अर्को भेटमा केटाहरुलाई गतिलो प्रतिक्रिया दिने प्रतिवद्धता सहित झटपट मै वाहिरीएँ ।

(यो कथा काल्पनिक हो, वस्तुगत परिस्थिति, चरित्र र कथाका पात्रहरु वा परिस्थितिले मेल खान गएमा अन्यथा नलिनु होला । )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here