कतार नेपाली एकता समाजको संगठन बिस्तार

0
216

रेशम रोका मगर /दोहा कतार

प्रबासमा रहेर पनि स्वदेशको माया कति हुन्छ भन्ने ज्वलन्त उदाहरण कतार बासी मजदुरहरुले देखाएका छन् । मजदुरको हकहितको लागि प्रबासमा एकता समाजको विकल्प बाहेक अरु हुनै नसक्ने जिकिर गर्दै कतार नेपाली एकता समाज अन्तर्गत साहनिया एरिया समितिले त्यस यरियालाई मध्येनजर गर्दै २ नोबेम्बर २०१८ को दिन कतार नेपाली एकता समाजको इकाइ समिति गठन गरेको छ । समाजका केन्द्रीय सदस्य गेजमान बिकको प्रमुख अथिति र प्रिजल राईको बिशेष उपस्तिथिमा भेला आयोजना गरेको थियो । उक्त भेलाको अध्यक्षता साहनिया एरिया समितिका अध्यक्ष नरबिर लिम्बूले गर्नु भएको थियो ।

भेलाले दिल बहादुर राई (धनकुटा)को अध्यक्षतामा ७ पुर्ण सदस्य २ सल्लाहकार सहित ९ सदस्यीय इकाई गठन गरेको छ । जस्मा उपाध्यक्ष बिष्णु राइ (धनकुटा) सचिव प्रबिन श्रीपाली (मोरङ) सहसचिव रहर मान राई (मोरङ) कोषअध्यक्ष छितिज धिमाल (झापा)सदस्यहरु मनोज बिक(इलाम) र १स्थान रिक्त रहेको छ । सल्लाहकारमा क्रमश नरबिर लिम्बू र मेघ नाथ सुनार(इलाम) हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here