कतारमा नेपालीहरुलाई नचाए डोलराज मगर र रन्जिता मगरले

0
855

मीन बहादुर घर्ती मगर कतारका मगरहरुका बाङ (राजा)

रेशम रोका,

दोहा कतार । लोकदोहरी गायिका रन्जिता थापा मगर र गायक तथा संगीतकार डोलराज बारघरे मगरले आफ्नो चर्चित सालैजो कौराह गितहरुलाई कार्यक्रममा प्रस्तुत गरेर कतारस्थित श्रमजिवी नेपालीहरुलाई खुब नचाए । मगर समुदायको राष्ट्रिय पर्वको रुपमा मनाईंदै आएको माघ्या सक्राटीको अवसरमा सम्पन्न साँस्कृतिक कार्यक्रममा नेपालबाट कार्यक्रम सफल बनाउन निम्ति आउनु भएका चर्चित कलाकारद्वयले नेपाली कतारस्थित नेपाली जनको मन समेत जिते

स्वागत गीत एवं नृत्यबाट शुरुवात गरिएको सो कार्यक्रममा मगरहरुको विविध साँस्कृतिक झल्काउने नृत्यहरु हुर्रा, कौराह, सालैजो, चुटका, टप्पा, लोक गीत लगायतका प्रस्तुतीहरु दिइएको थियो । नेपाल मगर संघ, कतारको मातहतमा रहेको साँस्कृतिक परिवारका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए भने उक्त नृत्यहरुलाई निर्देशन जनक थापा मगर र योगेन खम्चामगरले गरेका थिए । साँस्कृतिक संयोजक सानू पुलामी मगरले गरेका थिए । कार्यक्रममा गायक सोम थापा मगर, तारा थापा मगर र डि .एन मगर, सुमधुर स्वरमा दर्शकहरुको मन जित्न सफल भएका थिए ।

साँस्कृतिक कार्यक्रमको सञ्चालन डि.एन मगर, तिल बिक्रम मगरले गरेका थिए । कार्यक्रमको सभापतित्व रेर संघका अध्यक्ष शेर बहादुर रोका मगरले गरेका थिए । नेपाल मगर संघ, शाखा कतारले मिति २०१९ जनवरी १८ मा मगरहरुको प्रमुख राष्ट्रिय साँस्कृतिक चाडको अवसरमा सम्पन्न नेपाल मगर साँस्कृतिक संघ केन्द्रीय समितिका सचिव तथा गायक संगीतकार डोलराज बारघरे मगरको प्रमुख आतित्थ्यता रहेको थियो ।

समाल पब्लिक गार्डनमा लगभग ११०० जनमानसको बिशाल उपस्तिथिमा “नेपाली कला तथा साँस्कृतीलाई संरक्षण र सम्बर्धन गरौं । मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी–२०१९ लाई भब्यताका साथ सफल पारौं ।। (“नेपालीकुङ रोस रेवसके जिवाकिङ ड फोसाकिङ । मगरकुङ (बाङ्छ) मोहरेवेश “माघ्या सकराटी (२०७५ के मज्जुङ्खाटा सेव खासिङ) ।” नाराका साथमा माघ्या सकराटी –२०१९ तथा बनभोज कार्यक्रमको साथमा विविध साँस्कृतिक कार्यक्रम–२०७५ सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर, नेपाल मगर साँस्कृतिक संघ केन्द्रीय समितिका सदस्य तथा चर्चित लोकदोहरी गायिका रन्जिता थापा मगर, पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकारहरु देव बहादुर राना मगर, भिम तरामु मगर, एन.आर.एन.ए ( एन.सि.सि) कतारका द्वितिय उपाध्यक्ष सुर्दशन भट्ट लगायतको बिशिस्ट आतित्थ्यता रहेको थियो ।

विभिन्न बैचारिक संघ संस्थाहरु, नेपाल मगर संघ शाखा कतारका सल्लाहकारहरु, विभिन्न धार्मिक तथा जातिय संघ संस्थाहरु, प्रदेस, जिल्लावासी संस्थाहरु, कला तथा साहित्य संस्थाहरु, समाजसेवी, बुद्धिजीवी तथा ब्यबसायीहरु, पत्रकारहरु, मगर संघ कतार मातहतमा रहेका बिभागिय एरिया समितिहरु रहेका थिए ।

कार्यक्रममा मगर रित अनुसार पृतृको पुजा गरेर तरुलको टीका लगाएर सभापति, विशेष उपस्थिती बाङ, प्रमुख अतिथि, बिशेश अतिथिहरु र अतिथिहरुबाट दिप बालेर कार्यक्रम सुरु गरिएको थियोे । कार्यक्रममा राष्ट्रिय गान, मगर गान च र प्रथम सहिद क्यापटेन लखन थापा मगर र अन्य ज्ञात अज्ञातप्रति सम्मान गर्दैृ एक मिनेट मौनधारणा गरिएको थियो ।
कार्यक्रममा उपस्थित सम्पुर्णलाई संघका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक अभिमत पुन मगरले स्वागत मन्तव्यका साथै माघ्या सकराटी बारेमा जानकारी गराए । औपचारिक कार्यक्रम मगर संघ कतारका महासचिव बिजय मगरले सञ्चालन गरेका थिए । कार्यक्रममा सफल बनाउनका लागि उपसंयोजक मन कुमार रोकिम मगर, सुचना प्रचारप्रसार बिजय मगर, आर्थिक केशव राना मगर, खाना तथा नस्ता अशोक आले मगर, यातायातमा रेसम आले मगर, साँस्कृतिक सानु पुलामी मगर, स्वयंसेवक केशब घर्ती मगर, अतिथि सत्कारका लागि खगी पुन मगर गरि ९ सदस्यीय उपसमिति गठन गरेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य कतारमा रहेको संघ संस्थाहरुको तर्फबाट एन.आर.एन.ए(एन.सि.सि) कतारका द्वितिय उपाध्यक्ष सुर्दशन भट्ट, नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगरले शुभकामना मन्तव्य दिएका थिए ।
प्रमुख अतिथि डोलराज मगरले नेपालका मगरहरुले माघ महिना शुरु भएपछि घाम अलिक न्यानो हुन थाल्ने, हिउँ पग्लने, पात झरेर नाङ्गो बनेका डालीहरुमा मुना पलाउने संभावना बढ्ने, उराठलाग्दो कष्टकर हिउँद सकिएको र अर्को मौसम शुरुवात भएको आभाषमा हाम्रा पुर्खाहरुले हर्षित भएर खुशियाली मनाउन थालेको दिन महिना हुँदै वर्खा अनि हिउँद सकिएपछि फेरी अर्को वर्ष शुरु हुन सुरसार गर्दा पुर्खाहरुले ‘माघे संकराती’लाई मगरहरु ‘सारल्हेस’ (नयाँ वर्ष ) भनी मनाउ थालेको र उक्त दिन मरेका पुर्खाहरुलाई पानी चढाउने डि डाँके (मगर भाषामा पानी चढाउने) पर्वको रुपमा मानेका बताए । प्रवासमा बसेर पनि आफ्नो चाड पर्व र कला संस्कृती भेषभुषा भाषालाई बचाई राखेको मगर संघ कतारलाई धन्यवाद दिंदै उपस्तिथ सम्पुर्णलाई माघ्या सकराटीको शुभकामना ब्यक्त गर्नु भयो ।

आकर्षक कार्यक्रमहरुः

माघ्या सकराटी २०१९ मा उपस्तिथि रहेका जनमानस सम्पुर्णलाई मनोरञ्जन दिने उद्देश्यले महिलाहरुका लागि म्युजिकल चेयर र पुरुषहरुका लागि डोरी तान्ने खेल प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा म्युजिकल चेयर तर्फ सहभागी बिस प्रतियोगीहरुलाई पछि पार्दै मञ्जुश्री गुरुङ प्रथम भइन् ।

डोरी तान्ने प्रतियोगिता तर्फ ६ समूहलाई पछि पार्दै विशडम समुह प्रथम भएको थियो । बिजेताहरुलाई प्रमुख अतिथी, बिशिष्ट अतिथी र कार्यक्रमका सभापतिले पुरस्कार प्रदान गर्नु भयो । खेलकुद संयोजक नेपाल मगर संघका केन्द्रीय समिति सल्लाहकार खिम राना मगर थिए र सहसंयोजक मगर संघ कतारका पुर्व खेलकुद संयोजक तथा सदस्य सुर्य थापा मगर थिए ।
कार्यक्रमको अन्तमाः सभापति शेरबहादुर रोकाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्ण सहयोगीहरुलाई धन्यवाद दिएका थिए ।

मीन बहादुर घर्ती मगर कतारका मगरहरुका बाङ (राजा)

मगरहरुको ऐतिहासिक दौडेर बाङ (राजा) छान्ने परम्परालाई मगर संघ, कतारले निरन्तरता दिंदै आइरहेको छ । मगर संघ, कतारले माघ्या सकराटी—२०१९ को अवसर पारेर आयोजना गरेको माघ्या सकराटी–२०१९ कार्यक्रममा यस परम्परालाई निरन्तरता दिदै राखेको दौड प्रतियोगितामा केन्द्रीय समिति र एरिया समितिका कार्यसमितिका सदस्यहरुलाई पछि पार्दै साहानिया एरिया समितिका सदस्य मीन बहादुर घर्ती मगर २०१९÷२०का लागि बाङ (राजा) हुन सफल भएका छन् । त्येसैगरी मदर कदिम (एयरपोर्ट) एरिया समितिका हिम बहादुर सिन्जाली मगर द्धितिय भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here