कतारमा गएका अर्घाखाँचीका युवाको आर्थिक सहयोगमा एम्बुलेन्स

0
321

रोजगारीकोलागि कतार गएका युवाहरुको संगठन अर्घाखाँची सेवा समाज कतारले आज श्रीशिद्देश्वर शिवालय तथा आनन्द बृध्दाश्रमलाई एम्बुलेन्स हस्तान्तरण गरेकोे छ ।

अर्घाखाँचीबाट रोजगारीकोलागि कतार गएका युवाहरुको पुर्ण आर्थिक लगानीमा एम्बुलेन्स खरिद गरिद एक समारोहका बिच शिद्देश्वर सिबालय तथा आनन्द बृद्वाश्रम लाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

प्रवासमा अर्घाखाँचीबासीहरु एक होऔ नेपाली समाजकालागि सहयोग गरौ भन्ने नाराकासाथ विरामीको सेवाकोलागि एम्बुलेन्स किनी हस्तान्तरण गरिएको अर्घाखाँची सेवा समाज कतारका पुर्व कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए । झण्डै १२ लाखमा एम्बुलेन्स खरिद गरि हस्तान्तरण गरेको हो ।

जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डाक्टर जगन्नाथ तिवारिले आश्रमका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ लाई शान्तीबगैंचाको योगाहलमा एम्बुलेन्सको साचो तथा कागजपत्रहरु हस्तान्तरण गर्नु भएको हो ।

हस्तान्तरण कार्यक्रममा सन्धिखर्क नगरपालिकाका वडा अध्यक्षहरु युवराज बन्जाडे, मोतीजंग रायमाझि, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम राजकुमार श्रेष्ठको अध्यक्षता र सहयोगी विसीको सञ्चालनमा सम्पन्न भएको हो ।
-प्रेमनारायण आचार्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here