कञ्चन जेसीज बर्ष २०१९ र साना किसान कृषी सहकारी संस्था लि. गजेडीको संयुत्त आयोजनामा एक दिने महिला सशक्तिकरण तालिम सम्पन्न।

0
97

कञ्चन जेसीज बर्ष २०१९ र साना किसान कृषी सहकारी संस्था लि. गजेडीको संयुत्त आयोजनामा यहि असार १४ गते कञ्चन-१ लौसामा रहेको डाँफे कटेज एण्ड रेष्ट्रोमा एक दिने महिला सशक्तिकरण तालिम सम्पन्न भएको छ। तिन सत्रमा रहेर सम्पन्न भएको कार्यक्रममा पहिलो सत्र कञ्चन गा.पा. अध्यक्ष गोकर्ण बा. क्षेत्रीको प्रमुख आतिथ्यता र कञ्चन जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी चुडामणी पौडेल अध्यक्षयता तथा समापन सत्रमा मुख्य प्रशिक्षक जेसी सेनेटर राजु पौडेलको प्रमुख आतिथ्यता र साना किसान कृषी सहकारी संस्था लि. गजेडीकी अध्यक्ष कोपिला घिमिरेको अध्यक्षयतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन कञ्चन जेसीज बर्ष २०१९ का माहासचिव राजन शर्मा पौडेलले गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथी संगै कञ्चन गा.पा. वडा न. १ अध्यक्ष हरिनारायण थारु, कञ्चन गा.पा. वडा न. ४ अध्यक्ष दुर्गा सिह क्षेत्री, कञ्चन गा.पा. कार्यपालिका सदस्य रेणु कुंवर, कञ्चन गा.पा. वडा न. १ वडा सदस्य गोमा कार्की, महिला सदस्य जुना परियार, सैनामैना जेसीज बर्ष २०१९ का अध्यक्ष शुवास पौडेल, साना किसान कृषी सहकारी संस्था लि. गजेडीका सल्लाहकार वम प्रकाश शर्मा लगायतले महिला सशक्तिकरण सम्बन्धि आफ्नो मंन्तव्य राख्नु भएको थियो।

कार्यक्रमको दोस्रो तथा तालिम सेसनमा बर्ष २०१७ का राष्ट्रिय उपाध्यक्ष जेसी सेनेटर राजु पौडेलले प्रशिक्षण दिनु भएको थियो भने कार्यक्रममा १५० भन्दा बढी महिला आमा दिदि बहिनिहरुले प्रशिक्षण लिनुभएको थियो। कार्यक्रममा जेसिज आस्था पाठ कञ्चन जेसीज बर्ष २०१९ का उपाध्यक्ष जेसी सूर्य ढकालले गर्नु भएको थियो भने समापन सत्रमा उपस्थित सबैलाई कञ्चन जेसीज बर्ष २०१९ कि का. उपाध्यक्ष राधिका चौधरीले शब्दबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here