कञ्चन जेसिज बर्ष २०१९ द्धारा लागु ‍औषध दुर्व्यसनि बिरुद्ध सचेतना अभियान सम्पन्न।

0
134

गत जेठ २३ गते “जीवनमा असल मान्छेहरु नखोज्नुहोस, बरु आफै नै असल बनिदिनु” भन्ने मुल नाराका साथ कञ्चन जेसिज बर्ष २०१९ द्धारा लागु ‍औषध दुर्व्यसनि बिरुद्ध सचेतना अभियान कञ्चन जेसिज बर्ष २०१९ का अध्यक्ष चुडामणी पौडेलको अध्यक्षयता तथा कञ्चन गा.पा. अध्यक्ष गोकर्ण क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

कञ्चन जेसिज बर्ष २०१९ का Public Relation Co-ordinater  जेसी सुमन सुवेदी को संचालन, कञ्चन जेसिज बर्ष २०१९ का उपाध्यक्ष जेसी सूर्य ढकालको आस्था पाठ तथा कञ्चन जेसिज बर्ष २०१९ का कानुनिसल्लाहकार जेसी बावुराम पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमा Drug Awareness प्रशिक्षक अरुण थापा मगरले लागु ‍औषध र यसको प्रयोग बारे सचेतना गराउनु भएको थियो साथमा ईलाका प्रहरी कार्यलय सालझण्डीका प्रमुख रबिनराज मैनालीले ट्रफिक सचेतना सम्वन्धि जानकारी गराउनु भएको थियो। कार्यक्रममा प्रमुख आतिथी कञ्चन गा.पा. अध्यक्ष गोकर्ण क्षेत्रीले कञ्चन जेसिजले सुरुवाट देखिनै सामाजिक क्षेत्रमा काम गरेको र आउदा दिनमा पनि यस्तै काम गर्ने शुभकामना दिनुभयो साथमा यस्तो कार्यक्रय यहाँ मात्रा नभएर हरेक स्कुल स्कुलमा गर्नु पर्ने बताउनु भयो।

अनत्यमा कार्यक्रमका उपस्थित सबैलाई कार्यक्रमका संयोजक कञ्चन जेसिज बर्ष २०१९ का Drug Awareness Co-ordinater जेसी चित्र तुलाचनले धन्यवाद दिनु भएको थियो। हामी संग कुरा गर्दै कञ्चन जेसिज बर्ष २०१९ का माहासचिव जेसी राजन शर्मा पौडेलले जेसिज एक अभियानहो जस्ले समाजलाई सकरात्मक परिवर्तन गर्न भुमिका खेल्दछ। त्यसै अनुरुप कञ्चन जेसिज पनि संस्थापन देखीनै निरन्तर सामाजिक क्षेत्रमा लागि रहेको र आँउदा दिनमा पनि लागि रहने बताउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here