कञ्चनपुर–दाङ अभियानको तस्रो दिन टिकापुरमा अन्तरक्रिया सम्पन्न

0
122

टिकापुर । अखिल नेपाल जनजाती सम्मेलनले मुक्त कमैयाको उचित व्यवस्थापन गर भन्दै आइतबार कञ्चनपुरबाट शुरु गरेको “कञ्चनपुर–दाङ अभियान” तेस्रो दिन मंगलबार कैलालीको टिकापुरस्थित शिवनगर मुक्त कमैया बस्तीमा पुगेर अन्तरक्रिया सम्पन्न गरेको छ ।

सम्मेलनले मुक्त कमैया शिविरमै पुगेर उनीहरुका समस्याबारे अन्तरसंवाद गरेको हो । संबादका क्रममा मुक्त कमैयाका प्रतिनिधिहरूले आफूहरूले चर्चेकेा जग्गामै लालपुर्जा दिएर आफूहरुको व्यवस्थापन गरिनुपर्ने बताएका थिए ।
टिकापुर बहुमुखि क्याम्पसका लागि टिकापुर नगरविकास समितिले ८२ बिघा जग्गा दिएको थियो । सो जग्गाको लालपुर्जासमेत क्याम्पससँग छ । तर, त्योसहित तीन सय ८२ विघा जग्गा क्याम्पसले दाबी गर्दै आएको छ । मुक्त कमैयाहरले क्याम्पसको लालपुर्जा भएको ८२ बिघाबाहेकको जग्गामा आफूहरm बसिरहेको र सोही जग्गाको लालपुर्जा दिएर व्यवस्थापन गर्न माग गर्दै आएको जनजाती सम्मेलनका महासचिव रामबहादुर बुढाले जानकारी दिनुभयो ।

धनगढीमा अन्तरक्रिया

सम्मेलनले सोमबार कैलालीकै धनगढीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा सहभागी गेटी मुक्त शिविरका अध्यक्ष रतिरानी चौधरीले आफूहरmलाई राजनीतिक दलले भोट बैंक बनाएको गुनासो गर्नुभयो । रतिरानीले चुनावका बेला नेताहरू नाता लगाइ लगाइ आउने तर चुनाव जितेर गएपछि फर्केर एक पाइलो पनि नटेक्ने गरेको बताउनु भयो ।

कार्याक्रममा एयरपोर्ट शिविरका अध्यक्ष चुलुराम चौधरीले सरकारले दिने भनेकै सुविधा मुक्त कमैयाले पाउन नसकेको गुनासो गर्नुभयो । केन्द्र र स्थानीय तहको लडाईंका कारण गतवर्ष मुक्त कमैयाका लागि भनेर आएको २० करोड रुपैयाँ खर्चै नभइकन फ्रिज भएको उहाँको भनाई थियो ।

कैलालीको अत्तरियास्थित निर्माणधिन मेडिकल कलेज क्षेत्रबाट सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसले मुक्त कमैयाहरुलाई हटाउने प्रयास गरिरहेका उनीहरुको गुनासो छ । तर, स्थानीय स्तरमा राष्ट्रिय जनमोर्चाले मुक्त कमैयालाई साथ दिँदै आएको राजमोले जनाएको छ । राजमो कैलालीका अध्यक्ष दयाराम सञ्ज्यालले टिकापुर क्याम्पसले पाएको ८२ बिघा जग्गामा तुरुन्तै तारबार लगाएर संरक्षण गर्नुपर्ने र बाँकी क्षेत्रमा मुक्त कमैया पुर्नस्थापना गर्नुपर्ने बताउनुभयो ।

कन्चनपुरमा अन्तरक्रिया

अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय समितिको आयोजनामा कञ्चनपुर दाङ अभियान कार्यक्रम अन्तरर्गत आइतबार कञ्चनपुरमा जिल्ला समन्वय समितिको हलमा मुक्त कमैयाको समस्या र समाधान बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निम बहादुर बुढाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढाले आधार पत्र पेश गर्नुभको थियो ।

अन्तरक्रियामा तराई मधेस जनबादि मोर्चाका महासचिव राजाराम चौधरी, जातिय समता समाजका महासचिव गोबिन्द बिक, नेकपा (मसाल) कञ्चनपुर जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडु, राष्ट्रिय जनमोर्चा कञ्चनपुर जिल्ला सचिव अहिमान थापा, जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष लाल बहादुर रानामगर, अखिल (छैठौं) केन्द्रीय महासचिव महेशराज जोशी, अखिल नेपाल सुकुम्बासी सघ केन्द्रीय सदस्य लालबहादुर कुवर , अन्टुकका सुदुरपश्चिम प्रदेश संयोजक जनक कुँवर लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अध्यक्षता अखिल नेपाल जनजाति सम्मेलन कञ्चनपुर सयोंजक राजकुमार चौधरी, संचालन रगं बहादुर चौधरी र स्वागत भुवन चौधरीले गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

अभियानकाे क्रममा सम्मेलनले अाइतबार कन्चनपुरका प्रमुख जिल्ला अधिकारी लार्इ र साेमबार कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी मुक्त कमैया समस्या समाधान सम्बन्धी १६ बुँदे ज्ञापनपत्र बुझाइएकाे छ ।  कार्यक्रममा सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, उपाध्यक्ष लालबहादुर राना, महासचिव रामबहादुर बुढा, केन्द्रीय सदस्य नरेश आलेलगायतका नेताहरुको नियमित टोली छ भने स्थानीयस्तरमा राजमो र अन्य जनवर्गीय संगठनकमा नेताहरु सामेल छन् ।

कन्चनपुरका प्रमुख जिल्ला अधिकारीलार्इ
ज्ञापनपत्र बुझाउँदै
कैलालीमा ज्ञापनपत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here