ओली सरकार राष्ट्रघाती कार्यमा लालायित

0
145

-विमल पोखरेल

केपी ओली र उनको मण्डली विना तमासका निर्णयहरु गर्नको लागि लालायित छ । कतिपय घटनामा देशभक्त जस्तो देखिए पनि कैयौं घटनामा त्यस्तो देख्न मुस्किल पर्दै गएको छ ।

होली वाइन खुवाएर अरबौं पर्यटक आउँछन् भन्दै झ्याली पिटियो । बदलामा क्रिश्चियन साम्राज्यवादले परेड खेल्यो । तर त्यसको उपलब्धि साम्राज्यवादीहरु परेड खेल्नेबाहेक केही हुन सकेन । किनकि त्यो एसिया प्यासिफिक सम्मेलनको नाममा लुकेको साम्राज्यवादी स्वार्थ थियो । कलंकित कार्यक्रम आयोजना गरिएकोमा ओलीमण्डलीमा कत्ति पनि पछुतो छैन ।

लाखौं पर्यटक आउँछन् भनेर भारतीय फिल्म पुरस्कार वितरण समारोह आइफा अवार्डमा एक अरब भन्दा धेरै खर्च गरिंदै थियो । हामीले विरोधको अगुवाई गरेका थियौं । सयौं कलाकार, पत्रकार, सत्ताधारी दलकै उच्च तहका नेताहरुबाट विरोध भएपछि अवार्ड रद्द गरियो ।

विषादी हालेको भारतीय तरकारी निर्वाध ल्याउन दिइयो । अहिलेसम्म पनि विषादी परीक्षणहरु गरिएको छैन । जनतालाई यो सरकारले विष खुवाइरहेको छ । विष खुवाएर विरामी पार्ने, निजी र महंगा अस्पतालमा उपचार गराउन नसकेर गरिब मार्ने रणनीतिमा सरकार निरन्तर लागिरहेकै छ । तर पनि घनश्याम भुसाल र उनको मण्डली चुप लागेर बसेका छन् ।

अमेरिकी साम्राज्यवादको रणनीतिक स्वार्थ बोकेको एमसीसी परियोजना सही छ भनेर ढुंग्रो फुक्ने काम केपी ओली मण्डलीले गरिरहेको छ । नेपाली जनतालाई गुमराहमा राखेर खुलमखुला साम्राज्यवादी स्वार्थ पूर्ति गर्ने काममा लागेको छ ।

राष्ट्रको सम्पत्ति कौडीको भाउमा धमाधम निजी कम्पनीहरुलाई दिइएको छ । एकातिर समृद्धिको कुरा गर्ने, अर्कातिर राष्ट्रको सम्पत्ति कौडीको भाउमा निजी कम्पनीलाई दिने निर्णय देशद्रोही निर्णय हो ।

माथि उल्लेखित ५ वटा निर्णयहरु पूर्णतः देशद्रोही निर्णयहरु हुन् । ती निर्णयहरुले देशलाई दीर्घकालीन रुपमा हानिनोक्सानी गर्दछ । केपी ओली र उनको मण्डलीबाट हुने सम्पूर्ण देशद्रोही निर्णयहरुको भण्डाफोर गरौं । (पोखरेलको फेसबुक वालबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here