ओमान नेपाली एकता समाजको दोश्रो राष्ट्रिय सम्मेलन हुँदै

0
323

दुर्गा गिरी/ओमान ।

“प्रवासी श्रमजीवी मजदुरहरुको आह्वान, मानव तस्कर विरुद्धको हाम्रो अभियान” भन्ने मूल नारा सहित ओमान नेपाली एकता समाजले दोस्रो राष्ट्रिय सम्मेलन गर्न गइरहेको छ ।

सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले गर्नु हुने समाजका केन्द्रीय अध्यक्ष छबिलाल बस्नेतले बताएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्ता लामिछानेको प्रवास बसाईको अन्त्य गर्दै स्वदेश फर्किने हुनाले सोही सम्मेलनको अवसरमा बिदाई गरिने ओमान नेपाली एकता समाजका महासचिव इन्द्र लाल खनालले जानकारी दिएका छन् ।

सम्मेलन ओमानमा चिरपरित अलरिफ होटल गोब्रामा बिहान ११ बजेदेखि हुने बताइएको छ । अलरिफ होटल गोब्रामा ओमानका क्रियाशिल अधिकांस संघ संस्थाहरुले कार्यक्रम सम्पन्न पार्ने गर्दछन् । प्राप्त जानकारी अनुसार सम्मेलनको लागि समाजका सम्पूर्ण स्तरका समितिहरु व्यापक तयारीमा जुटेका छन् ।

बढ्दो मानव बेचबिखन तथा ओसारपसार क्रियाकलापले प्रवासी श्रमजीवी मजदुरहरुलाई घर न घाटको बनाईरहेको परिवेशमा माथि उल्लेखित नारा अन्तर्गत ओमान नेपाली एकता समाजले सम्पन्न पार्न गईरहेको राष्ट्रिय सम्मेलनले महत्वपूर्ण अर्थ लाग्ने मिडियाकर्मिहरु बताउँछन् ।

मानव बेचबिखन तथा ओसारपसार गर्नेहरुका विरुद्ध उठाईएको यो आवाज झिनो भएता पनि ओमन नेपाली एकता समाजले मानव तस्करहरुका विरुद्ध ओमनमा छरिएर रहेका बुद्धिजीविहरु, पत्रकारहरु, क्रियाशिल विभिन्न संघसंस्था र सरकारका सम्बन्धित निकायलाई समेत एकजुट हुन अपिल अपिल गरेको छ ।

सम्मेलनको घोषणा सभा अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा पारेर हुने बताइएको छ । कमरेड केसीको प्रमुख अतिथ्यता रहने सो सम्मेलनको बन्दसत्र केही दिन अघि भइसक्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here