ओमन नेपाली एकता समाजद्वारा नेपाल भ्रमण वर्ष २०२०को प्रचार शूरु

0
55

ओमान/ ओमन नेपाली एकता समाजले नेपाल भ्रमण  वर्ष २०२० को प्रचारप्रसार अभियान शुरु गरेेेको छ । समाजले ओमनमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई  प्रचार अभियानमा जुटन समेत अपिल गरेको छ ।

नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरेसंगै बिश्वका बिभिन्न देशहरूमा रहेका नेपालीहरुले आ-आफनो ठाउँबाट प्रचारप्रसारमा लागिपरेका छन् ।

समाजले ओमानको मुख्य स्थानहरूमा नेपाल भ्रमण वर्षको २०२० को पर्चा पम्पलेट बाड्दै नेपालको मुख्य पर्यटकीय स्थलहरूको जानकारी गराएको समाजका सल्लाहकार भानुभक्त खनालले जानकारी दिनुभयो ।

प्रचारप्रसारको क्रममा धेरै ब्यक्तिहरु नेपालबारे चासो राख्दै नेपाल घुम्न जाने मनस्थिति बनाएको खनालले बताउनुभयो

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here