ओमकलि थापा जीवन रक्षाको लागि हार्दिक अपिल

0
853

बागलुङ जिल्ला ओमा बाग्लुङ नगरपालिका रायडाडा घर भएका चन्द्र बहादुर थापाकी ४१ वर्षीय छोरी ओमकलि थापा बिगत केही बर्षदेखि आमाशयमा प्राण घाटक क्यान्सरबाट ग्रसित हुनुहुन्छ । उहाँले नेपालमा लामो समयसम्म उपचार गराउनु भएको तर उक्त बिमार ठिक हुन सकेन । लामो समयको उपचारमा लाखौ रुपैयाँ खर्च गर्नु भयो तर बिमारमा २० को १९ भएन । रोगले च्याप्दै गएको अवस्थामा अहिले उहाँ आफन्तको सहारामा मुम्बैको L.T.M.G. Hospital मा उपचार गराई रहनु भएको छ । तर डक्टरहरुको टिमले छिट्टै उपचार गरे केही बर्ष बाच्न सक्ने सल्लहा दिएकाछन् । उहाँसँग भएको आर्थिक सिद्धीए पछि हाल वहाँको अबस्था अत्यन्तै कमजोर छ । देश बिदेशमा रहनु हुने आफन्त आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु लगायत नेपाली सामाजिक संघ सस्थाहरुमा ओमकलि थापाको जीनब रक्षा गरि दिनहुन हार्दिक अनुरोध सहित अपिल गरिन्छ ।

जीवन सबैलाई प्रीय लाग्दो रहेछ, बाच्ने आशा सबैलाई लाग्दो रहेछ, उहाँ ओमकलि थापाको छिट्टै अप्रेसन हुँदैछ तर आर्थिक छैन । घरमा आर्थिक अबस्था दयनीय छ । स–साना नानीहरु बिचल्लीमा छन् । त्यसैले यहाँहरु सबैमा सक्दो सहयोगी हात अगाडि बढाउनु हुन र ओमकलि थापाको जीवन रक्षा गर्नुहुने छ भन्ने पूर्ण विस्वस्त छौं ।

उहाँ ओमकलि थापालाई सहयोग गर्न चाहानु हुने सबै आम नेपाली दाजु भाइ दिदी बहिनीहरु तगायत संघ संस्था बिदेशमा रहि कुनै पनि निकायले सहयोग गर्न चाहेमा तलको बैंक खातामा आर्थिक सहयोग गर्नु हुन विनम्र अनुरोध गरिन्छ ।

विमारीसँग सिधै सम्पर्क गर्न चाहेमा : 9769082639,7433855439

Sas Bahadur Pun,
State Bank of India,
Account No.34365034593
IFSE code No. SBIN 0015040.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here