ऐतिहासिक ७ नोभेम्बर सफल पारौं !

0
212
             भारतस्थित श्रमजिवी नेपालीहरुको हकहित र अधिकारको लागि संघर्ष गर्दै आइरहेको संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको स्थापना आजभन्दा ४० वर्ष पहिला ७ नोभेम्बर १९७९मा भएको थियो । ७ नोभेम्बर ऐतिहासिक पृष्टभूमि बोकेको दिन थियो, जुन जुन दिनलाई हामी ऐतिहासिक अक्टोबर क्रान्ति १९१७ भन्दछौं । तात्कालिन रुसी क्यालेण्डर अनुसार २५ अक्टोबर १९१७ वर्तमानमा ७ नोभेम्बर पर्दछ ।
                  संगठनले आफ्नो स्थापना कालदेखि नै भारतस्थित नेपालीहरुको पक्षमा लगातार संघर्ष गर्दै आएको कुरा सर्वविदितै छ । प्रवासी नेपालीहरुको पक्षमा संगठनले गर्दै आएको ऐतिहाँसिक संघर्षमा विद्यमान समाजमा भएका न्यूनतम समस्याहरुदेखि महान अक्टोबर क्रान्तिको अभिभारा पुरा गर्नेसम्म रहेको छ । चाहे त्यो नेपाली भाषा, संस्कृतीको प्रचार प्रसार, नेपालीहरुमा भएका विसंगति र विकृती विरुद्ध सामाजिक चेतना होस् वा भारत प्रवासमा छरिएर रहेका नेपालीहरुमा देशभक्तीको भावनाको विकास गर्ने सवालमा होस् संगठनले लगातार संघर्ष गर्दै आएको छ । प्रवासी नेपालीहरुमा आइपर्ने तमाम समस्याहरुका विरुद्ध संघषै गर्दै संघर्षका गरिमामय ३९ औं वर्षहरु पार गरिसकेको छ । त्यस अवधिमा अनेकौं विश्व कम्यूनिष्ट आन्दोलनलाई मद्धत पुग्ने प्रकारले तमाम कार्यक्रमहरु सम्पन्न पारिसक्नुका साथै कैयौं आन्दोलनहरुका पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकिएको छ । देशमा हुने कैयौं महत्वपूर्ण राजनीतिक आन्दोलनहरुलाई नेतृत्व प्रदान गर्न सक्ने क्षमता भएका हजारौं नेताहरु र महान अक्टोबर क्रान्तिको दिशानिर्देशनलाई बैचारिक रुपमै प्रचार प्रसार गर्न सक्ने क्षमता भएका कार्यकर्ताहरु स्वदेश पठाउन एकता समाज सफल भएको छ । एकता समाज राष्टियता, जनतन्त्र, जनजिवीकाको लागि चलेका आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । त्यही लोकप्रिय संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज (अखिल भारत नेपाली एकता समाज) ४० औं वसन्तमा प्रवेश गरेको छ ।
                      पूँजीवादी शोषण र दमनको शिकार मजदूर वर्गले आफ्नो हकहित र अधिकार प्राप्तीको लागि गरेको संघर्षको उच्चतम रुप हो अक्टोबर क्रान्ति । ७ नोभेम्बर १९१७ (तात्कालिन रुसी क्यालेण्डर अनुसार २५ अक्टोबर १९१७) मा माक्र्सवादलाई मार्गदर्शन सिद्धान्त र लेनिनवादी संगठनात्मक पद्धतीलाई आधार मान्दै लेनिनको नेतृत्वमा सर्वहारावर्गले जारशाहीको अन्त गर्दै रुसी राज्यसत्ता माथि कब्जा गरेर संसारलाई देखाइए की शोषण विहिन समाजको निर्माणको लागि वर्गसंघर्षको विकल्प छैन र सर्वहारावर्गले नै त्यसलाई व्यवहारमा लागु गर्न सक्छ ।
                      अक्टोबर क्रान्ति मानव जातिको इतिहासको नै अत्यन्त ठूलो, अद्वितीय र ऐतिहासिक महत्वको घटना थियो । त्यो बाहेक त्यसको महत्व ऐतिहासिक दृष्टिकोणले मात्र छैन, त्यसको महत्व वर्तमान र भविष्यमा पनि छ । सोभियत संघको विघटन पश्चात रुसमा समाजवादी व्यवस्थाको पतन भएर पूँजीवादी व्यवस्था स्थापना भइसकेता पनि आज विश्वव्यापी रुपमा समाजवादी आन्दोलन चलिरहेको छ, त्यसले सोभियत संघ सहित विश्व समाजवादी व्यवस्थाको पतन भएता पनि समाजवादी आन्दोलनको भविष्य उज्ज्वल छ । विश्वव्यापी रुपमा समाजवादी व्यवस्थाको विजय हुने कुरा अवस्यम्भावी छ ।
                   भौतिक परिस्थिति वा उत्पादक शक्तिहरुमा भइरहेको सामाजिकरण, पूँजीवादभित्र बढ्दै गइरहेको अन्तरविरोध र आर्थिक संकट समेतका कारणले त्यसका लागि झन् पछि झन् बलियो र व्यापक आधार तयार हुँदै गइरहेको छ । कुनै पनि शक्तिले समाजवादी क्रान्तिको विश्वव्यापी विजयलाई रोक्न सक्दैन । त्यसरी अक्टोबर क्रान्ति केवल ऐतिहासिक दृष्टिले मात्र महत्वपूर्ण घटना नभई वर्तमान र भविष्यमा पनि त्यसको निकै ठूलो महत्व छ ।
                       अक्टोबर क्रान्तिको त्यस प्रकारको महत्व माथि ध्यान दिएर नै भारत प्रवासमा आम श्रमजिवी नेपाली एवं नयाँ पिडीलाई क्रान्तिकारी आन्दोलनसँग एकाकार गर्ने उदेश्य सहित एकता समाज अगाडि बढ्दै आइरहेको छ । एकता समाजले ७ नोभेम्बर २०१६ देखि एक वर्षसम्मको अवधिमा अक्टोबर क्रान्तिको शतबार्षिकी कार्यक्रम सफल पारिसकेको छ । त्यो अवधिमा एकता समाजले प्रथमता नयाँ पीडिलाई देश, जनता र समाजप्रति जिम्मेवारीको बोध गराउने कोशिस गर्यो, त्यस्तै नयाँ पिडीलाई खालि आफ्नो व्यक्तिगत जीवनको सफलता वा भविष्यलाई मात्र काम नगरेर देश, जनता र समाजको सेवा गर्नु पर्ने उनीहरुको दायित्वको बारेमा समेतको जिम्मेवारी बोध गरायो । त्यसका साथै अहिले समाज जुन अवस्थामा छ त्यो यथावत रहेमा स्वयं नयाँ पीढिको भविष्य पनि अनिश्चित र अन्धकारमय हुने सन्देश प्रवाह गर्यो । देशमा गणतन्त्र, राष्ट्रियता र विकासको समस्याहरुप्रति नयाँ पिडीलाई जागरुक बनाउन पहल पनि गर्दै आइरहेको छ । गणतन्त्र, राष्ट्रियता, स्वतन्त्र अर्थतन्त्र समाप्त भएमा वा देशको विकास अवरुद्ध भएमा त्यसबाट सम्भावित गम्भीर प्रकारका दुष्परिणामहरु वा स्वयं नयाँ पिडीको जीवन र भविष्यमा समेत कुठाराघात पुग्ने वास्तविकताप्रति एकता समाजले सचेत गर्दै आइरहेको छ ।
                       आजको अन्यायपूर्ण व्यवस्थामा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता छ र त्यो कार्य क्रान्तिकारी सिद्धान्त र त्यस प्रकारका सिद्धान्तद्वारा निर्देशित पार्टीको नेतृत्वमा नै हुन सक्दछ । नयाँ पिडीलाई यो कुराको पनि प्रारम्भदेखि नै बोध गराउँदै जानु पर्ने आजको प्रमुख आवश्यकता हो । अनि मात्र एउटा नयाँ क्रान्तिकारी पिढीको निर्माण हुँदै जानेछ । त्यस प्रकारको चेतना दिंदै क्रान्तिकारी पिढी तयार गर्ने कामलाई पनि उच्च प्राथमिकता दिने एकता समाजको कार्ययोजना रहने छ ।
                      त्यस्तै सामाजिक कार्य क्षेत्रतर्फ पनि एकता समाजले कैयौं महत्वपूर्ण जिम्मा निर्वाह गर्दै आइरहेको छ । अन्याय, अत्याचार, शोषण दमन, उत्पीडनका विरुद्ध संघर्ष गर्नु पर्ने क्षमताको विकास आम नेपालीहरुमा त एकता समाजे गर्यो नै । त्यसका साथै संसारका जुनसुकै स्थानमा रहेर पनि नेपालीहरु बीच एकिकृत रहेर बस्नु पर्ने सन्देश प्रवाह गर्यो । यो चार दशकमा संगठनका कैयौं नेता कार्यकर्ताहरुले शाहदत्त प्रदान समेत गरे उनीहरुप्रति भावविनी श्रद्धान्जली । आउनु होस् भारत प्रवासमा आम नेपाली जन समुदायलाई अक्टोबर क्रान्तिको कार्यभार स्वीकार गर्दै एकता समाजको जिम्मेवारी पुरा गर्न सहभागी बनौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here