एभरेष्ट, प्रभु बैंक र नेपाल रेमिटद्वारा ‘कम्यूटर’ सहयोग (भिडीयो सहित)

0
442

मनाली । नेपाल पत्रकार महासंघ भारतको पहलमा एभरेष्ट बैंक, प्रभु बैंक र नेपाल रेमिटले कार्यालय सञ्चालन सहयोगका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति कुल्लू मनालीलाई प्राविधिक सामग्री (कम्यूटर) हस्तान्तरण गरेको छ । हिमाचलमा रहँदै आएका प्रवासी नेपालीहरुको हकहितका लागि संघर्षरत उनीहरुलाई अधिकार दिलाउन सफल मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्राविधिक सामग्रीको अभावमा कार्य सम्पादनमा असहजता महसुस गरिरहेको थियो ।

हिमाचलस्थित नेपालीहरुका समस्याको समाधान स्वरुप नेपाल पत्रकार महासंघ भारतको पहलमा वित्तिय संस्थाहरु नेपाल रेमिट, एभरेष्ट बैंक र प्रभु बैंकले अध्यक्ष साईला लामा, उपाध्यक्ष रतन लाल, सचिव बैकुण्ठ रिमाल नवीन र सल्लाहकर जय बहादुरलाई संयुक्त रुपमा कम्प्युटर लगायतका सामग्री हस्तान्तरण गरेको हो । समारोहमा नेपाल पत्रकार महासंघ भारतका अध्यक्ष लोकेश शाहले समितिले गरेको कामको प्रशंसा गर्दै प्रवासी नेपालीको लडाईमा नेपाल पत्रकार महासंघ भारतले सदैब साथ र सहयोग दिने बताउनु भयो ।

नेपालीहरुको बाक्लो बसोबास रहेको भारतको हिमाचल प्रदेशको मनालीमा सम्पन्न तीज कार्यक्रमको अवसरमा सो प्राविधिक सामग्री (कम्यूटर) हस्तान्तरण गरिएको हो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति कुल्लू मनालीले आयोजना गरेको वृहत तीज कार्यक्रममा मनालीमा बसोबास गर्ने प्रवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

समितिका अध्यक्ष साईला लामाको सभापतित्वमा भएको कार्यक्रममा मनालीका एसडीएम रमण घसाईनी प्रमुख अतिथिका रुपमा उपस्थित रहनु भएको थियो । समारोहमा विशेष अतिथिका रुपमा नेपाल पत्रकार महासंघ भारतका अध्यक्ष लोकेश शाह, एभरेष्ट बैंकका लागि भारतका प्रमुख भरत कार्की प्रभु बैंकका लागि भारतका प्रमुख सुनिल मिश्र, नेपाल रेमिटका देवेन्द्र कुंवार, आर एन आरका वरिष्ठ केन्द्रीय सदस्य खुम गुरुङ लगायत स्थानीय प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here