एक पत्र समृद्धिलाई

0
264

छड्के/रारा नेपाल
प्रिय समृद्धि मुटुभरिको असिम माया तिमीलाई !
आराम छु भनेर म तिमीलाई ढाट्न चाहान्न । हरपल हरक्षण तिम्रै सम्झनामा यो मन छटपटिइरहेको बेला ‘म आराम छु’ भनेर तिमीलाई कसरी झुट बोल्न सक्छु र ? अहा म पटक्कै सक्दिन । तिम्रो अभाव पलपलमा खड्किरहेको छ ।

प्रिय समृद्धि, तिमीलाई खोज्न म कहाँ पुगिनँ ? पूर्व–पश्चिम, उत्तर–दक्षिण चारै दिशा भौतारिइरहेँ झ् विकट र दुर्गम पहाडी बस्तीहरुमा तिमी पुग्न सक्ने कुनै सम्भावना थिएन, किनकि तिम्रो वर्णन गर्नेहरुले तिमीलाई त्यहाँ लग्दैनन् भन्नेमा म ढुक्क थिएँ । उनीहरुले तिमीलाई शहरी क्षेत्रमा कतै लुकाई छिपाई राखेका होलान् भन्ने मेरो अनुमान थियो । तर आज म यही निष्कर्षमा पुग्न बाध्य भएको छु– मेरो त्यो अनुमान पनि गलत रहेछ । देशकै राजधानी काठमाडौँका गल्लीगल्ली, चोकचोक सबैतिर तिमीलाई खोज्दै निकै दिनसम्म भौतारिइरहे । तर अहा, तिम्रो नाकमुख कतै देख्न पाइएन । राजधानीका सडकहरु कतै जलमग्न त, कतै हिलाम्य थिए । थाहा छ, समृद्धि ! चावहिलभन्दा अलि माथि जोरपाटी जाने बाटोमा त मान्छेहरु तिमीलाई गिल्याउँदै पानी जमेको बाटोमा बल्छी थापेर माछा मारेको अभिनय गर्दै थिए । यस्तै कतै सडकमै रोपाइँ त, कतै नारा जुलुस चल्दै थियो । सडकमा जताततै फोहरका डङ्गुर थुप्रिएका थिए । अहा तिमी कतै थिइनौँ ।

समृद्धि, तिमीलाई थाहा छ ? तिम्रो र मेरो सहयात्राबाट देशलाई समाजवादसम्म पुर्‍याउने उद्घोष गरेका छन्– सिंहदरबार र बालुवाटारमा बस्नेहरुले झ् उनीहरुकै गुलिया कुरा सुनेर त मैले तिमीलाई यसरी अगाध माया गर्न थालेको थिएँ । तिम्रो र हाम्रो वर्णन गरेर नै उनीहरु जनताको अभिमत लिई सिंहदरबार र बालुवाटार पुगेका थिए । तर आज बल्ल थाहा हुँदैछ– उनीहरुले त तिम्रो र मेरो नाम भोट बटुल्नलाई मात्र प्रयोग गरेका रहेछन् । तिमीलाई र मलाई जनताको घरघरमा पुर्‍याउने उद्घोष गरेका उनीहरुले तिमीलाई कहाँ छिपाएका छन् ? महिनौादिन लगाएर खोज्दा पनि मैले कुनै पत्तो पाउन सकिना समृद्धि झ् गाउँका झुप्राछाप्रामा त कुरै छोडौं, शहर भनिएका स्थानहरुमा समेत तिम्रो कुनै सन्धगन्ध थिएन ।

समृद्धि, सिंहदरबार र बालुवाटारबाट चर्को स्वरमा तिम्रो र मेरो नाम फलाक्न अझै बन्द भएको छैन । ठिक यही बेला पत्रिकाका पानाहरु नौ वर्षे र १३ वर्षे बालिकाहरु बलात्कृत भएको र मारिएका समाचारले रङ्गिएका छन् । हत्या, हिंसा, लुट, अपहरण जताततै तिनै समाचार छ । तिम्रो र मेरो स्वरुपको कतै वर्णन छैन । मलाई शङ्का लाग्यो, कतै सिंहदरबार र बालुवाटारभित्रै तिमी अपहरणमा त परिनौँ? त्यहीं भित्र बलात्कृत भएर न्याय खोज्दै कतै तिमी न्यायालयमा पो पुग्यौ कि ? यही सोचेर म तिमीलाई खोज्न न्यायालयतर्फ पनि हानिए । ओ हो झ् त्यहााको अवस्था झन विजोग थियो झ् मुख्य न्यायमूर्तिको वासस्थाननै डुङ्डुङ्ती गन्हाइरहेको थियो । तिमी त्यहाँ पनि थिइनौँ ।

समृद्धि, जहाँ भएको भए पनि तिमीले थाहा पाएको हुनु पर्छ– तिमीलाई र मलाई चाँडै प्राप्त गर्न भन्दै देशमा करको बाढी बगाइएको छ । जन्मदर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद, जग्गापास, कृषि औजार खरिद, यातायातका साधनको खरिद, इन्टरनेट कहाँ गरिएको छैन करवृद्धि ? जताततै गरिएको छ– तिम्रो र मेरो नाममा । तर त्यसरी जम्मा गरिएको करलाई तिमी र ममाथि होइन, सिंहदरबार र सात–सात वटा भेडीगोठमा सेता हात्ती पाल्न खर्च गरिएको छ । समृद्धि, अब त मलाई विश्वास लाग्न पनि छोडिसक्यो, उनीहरुबाट हाम्रो सााच्चै संरक्षण हुनेछ । तिम्रो र मेरो नाम बेचेर उनीहरु त लुटमै मस्त देखिन्छन् । यस्ताको पनि के भर पर्नु है !

प्रिय समृद्धि, यो सत्य हो कि तिम्रो र मेरो सहयात्रा बिना देश समुन्नतिको युगमा प्रवेश गर्न सक्ने छैन । जसले तिमी–हामीलाई आफ्नो अभिभावक बताएका थिए, वास्तवमा उनीहरु हाम्रा रहेनछन् । हामी जसको भर पर्‍यौा, उनीहरु वास्तवमा हाम्रा थिएनन् । जो वास्तवमा हामीलाई माया गर्ने अभिभावक हुन्, तिनलाई हामीले अझै चिन्न सकेका रहेनछौँ । प्रिय समृद्धि, आऊ अब हामीले आफ्ना सारथीहरु चिन्न विलम्ब नगरौँ झ् तिम्रो र मेरो सहयात्रा देख्न आतुर छन् गाउँबस्ती र शहरहरु झ् म नि निकै आतुर छु तिमीसँगको सहयात्रामा निस्कन । तसर्थ तिमी जहाँ जस्तो अवस्थामा, जस्तो बन्धनभित्र भए पनि ती सबै तोडेर आऊ, प्रिय समृद्धि तिमी छिट्टै आऊ ।

उही तिम्रै प्रतिक्षामा बाँचिरहेको तिम्रै प्रेमी– विकास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here