एकता समाज अव्वल दर्जाको संगठन स्थापित भएको छ : हरि आचार्य

0
1894
चंडिगढ, १३ मई । चण्डीगढको १४ औं नगर सम्मेलनका प्रमुख अतिथि पूर्व सांसद तथा केन्द्रीय सल्लाहकार हरि आचार्यले प्रवासी नेपालीहरुको हकहित र न्यायको लडाई केवल मूल प्रवाहले लडदै आइरहेको हुनाले नै एकता समाज अव्वल दर्जाको संगठन स्थापित भएको बताउनु भएको छ । नयाँ समितिलाई बधाई दिंदै आचार्यले अगाडि भन्नु भयो– “अब हामीले यो उर्जावान मूल प्रवाहको शक्तीलाई अझ दह्रो र शसक्त प्रकारले देश भित्रको आन्दोलनमा लाग्नु पर्दछ ।”
आचार्यले प्रवासी नेपालीहरुका हकहितको आन्दोलनलाई अझै नयाँ र जेन्यून  तरिका अपनाएर गर्नु पर्ने आवश्यकता रहेको पनि बताउनु भयो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापना कालदेखि नै भारत प्रवासमा छरिएर रहेका श्रमजिवी नेपालीहरुको पक्षमा निरन्तर रुपमा संघर्षले नै यो संगठन आज चार दशकको समय अवधिमा पुगेको बताउनु भयो ।
वहाँले प्रवासी नेपालीहरुको मताधिकारको आन्दोलनलाई अझै व्यापक रुपमा लैजानु पर्नेमा समेत जोड दिनु भयो ।
त्यस्तै सम्मेलनका विशिष्ट अतिथि राजमोका केन्द्रीय सदस्य मनोज भट्टले देशको राजनीतिक परिवेशका बारेमा मन्तव्य दिनुभएको थियो । राजनीतिक पार्टीहरुको अदूरदर्शि नीति तथा कार्यक्रम कै कारण देश संघीयता जस्तो विशादीले पिल्सीनु परेको तित्तता व्यक्त गर्नु भयो । वहाँले भन्नु भयो– “भारतीय प्रधानमन्त्रीलाई खुशी पारेर आफ्नो मनोकांक्षा पुरा गर्ने अभिप्रायका साथ २ नम्बर प्रदेशका नेताहरु लागेका छन्, त्यसले देशलाई नै विखण्डनको मोड्मा उभ्याई दिने रहेको वहाँको कथन थियो ।
प्रेम आचार्यको अध्यक्षता तथा खिमराज चालिसेको सञ्चालनबाट अगाडि बढेको सो सम्मेलनमा अतिथीहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरु प्रति १ मिनट मौनधारण पश्चात तेजबहादुर रोका र कलाकारहरुले स्वागत गर्नु भएको थियो ।
 
सम्मेलनले मानबहादुर केसीको अध्यक्षतामा ३५ सदस्यीय नगर समिति निर्वाचित गरेको छ । जस्माः उपाध्यक्ष– वालाराम न्यौपाने, सचिव– तेजबहादुर रोका, सहसचिव– थानेश्वर पाण्डे र कोषाध्यक्ष– थमन थापा रहेका छन् । त्यस्तै सदस्यमाः किसन खनाल, पुरन थापा, गोकुल शर्मा, माधव पोख्रेल, विष्णु वेल्वासे, शमशेर केसी, प्रेम गुरुङ, लिला विक, अर्जुन विक, दुर्गा विक, सुरेश आचार्य, सन्तोष खनाल, लक्ष्मण पाण्डे, प्रितम खडका, दिनेश विक, रोम बहादुर विक, जितेन्द्र गुरुङ, वेगम कुंवर,  वैकल्पिक सदस्यहरुमाः किसन पाण्डे, लालु केसी, पुरन थापा वी र नारायण शर्मा रहनुभएको छ । त्यस्तै सम्मेलनले दामोदर उपाध्याय, सोम बहादुर जिएम, नरेन्द्र वलम्पाकी, हेम बहादुर कनौजीया, राम प्रसाद शर्मा, सुरेश श्रीपाली, निमानन्द आचार्य र लालध्वज गुरुङलाई सल्लाहकार चयन गरेको छ । नयाँ समितिको घोषणा क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटाले गर्नुभएको थियो ।
केन्द्रीय समितिका उपाध्यक्ष कपिल खनाल, हिरासिहं चन्द, मुल प्रवाह के सदस्य दिनेश खडका, सल्लाहकार तिलक पौड्याल, बाशुदेव भट्टराई, केन्द्रीय प्रतिनिधि राम बहादुर पुन, क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटा, सचिव त्रिभुवन भट्टराई, क्षेत्रीय सहसचिव कैलास खडका, महिला क्षेत्रीय विभागकी सुनिता भट्टराई, जुना चालिस, माधव पोख्रेल विद्यार्थी क्षेत्रीय अध्यक्ष, समता विभागका विनु नेपाली, रक्तिम विभागका नन्द बहादुर लम्तरी, नेपाली एकता मञ्चका हुकुम बहादुर डागी, प्रवासी नेपाली जनसमाजका गोविन्द पाण्डे लगायतले आतिथ्यता तथा बधाई मन्तव्य  दिनुभएको थियो ।
त्यस्तै हिसारबाट तारा सोमारे, लुधियान सिटीबाट उदय सिहं चंद, रोपडबाट नन्दलाल सापकोटा, संगरुरबाट नारायण प्रसाद भुसाल, श्रीगंगानगर गिरीराज भट्टराई, डेरावासीबाट काजीमान राईले पनि नयाँ समितिलाई बधाई मन्तव्य दिनुभएको थियो ।
सम्मेलनमा रक्तिमका कलाकारहरुद्वारा रक्तिम जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

विदाई :

सोही सम्मेलनको घोषणा सभामा जनजाति नेता रामबहादुर पुन र महिला विभागकी लिलामती पुनलाई स्मृति चिन्हप्रदान गरि विदाई गरिएको थियो । स्मृति चिन्ह हरि आचार्य र मनोज भट्टको हातबाट हस्तान्तरण गरिएको थियो ।
रामबहादुर पुनले सो समारोहलाई सम्वोधन गर्दै आफु स्वदेशमा गएर अझै पार्टी र क्रान्तिको लागि लागिरहने प्रतिवद्धता पनि जाहेर गर्नु भएको थियो ।
सो समारोहमा विदाइ लिइ स्वदेश गइसक्नु भएका विष्णु आचार्य, सुर्य बहादुर नेपाली, गिता वुढाथोकी र सिता भुसाललाई पनि स्मृति पत्र दिइ सम्मान गर्ने घोषणा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here