एकता समाजले अलपत्र महिलालाई उद्दार गर्यो

0
1011

भोपाल, ५ अक्टोबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिले नेपाली चेलीको उद्दार गरेको छ ।

यहि ५ अक्टोबर २०१८ मा दिन भोपाल रेल्वे स्टेशन जि.आर.पि.पुलिस थानाबाट समाज कि प्रतिनिधि श्रीमती मिना रानाभाटलाई आयको जानाकारी अनुसार नेपाली महिला २ दिनदेखि अलपत्र अबस्थामा फेला परेकी थिइन् ।

मूल प्रवाहका प्रतिनिधिहरु रेल्वे स्टेशनमा पुगि जानकारी लिएको थियो । महिला बर्दिया बगनाह ३ निवासी वर्ष २५की श्रीमती कल्पना थापाको रुपमा पहिचान खुलेको छ । सुर्खेत जिल्लाकि नाम नखुलेकी महिलाले महाराष्ट्र नाशिकमा नोकरी लगाउने बहानामा फकाई फूल्याई दिल्ली पुर्याएको पीडित महिलाले बताइन् । दिल्लीबाट एकजना मुन्नी नाम गरेकी भारतीय महिला र पुरुषले मुम्बई नोकरी लगाउन भनी दिल्लीबाट मुम्बई ट्रेनमा लैजाँदै गर्दा मुन्नीले अन्य पुरुषसँग फोनमा ५÷६लाखको सौदा गरेको कुरा कल्पना थापाले सुने पछि आफूलाई बेच्न लैजादै गरेको शंका भएर रातको १बजे ट्वाइलेट जाने बहानामा भोपाल स्टेशनमा उत्रेको बताइन् ।

जि.आर.पि.पुलिस थानाबाट समाजकी प्रतिनिधि श्रीमती मिना रानाभाटले आफ्नो संरक्षणमा लिई एकता समाजका प्रतिनिधिमार्फत निज कल्पना थापालाई स्वदेश आफ्नो घर परिवारसम्म पुर्याएको समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here