दोहा कतार । देशको राजनैतिक अस्थिरता र दैनिकी गुजारा चलाउन बाध्य हामी मजदुर प्रदेशमा रोजगार गर्न आउनु आफैमा दुखत हो । अहिलेको आर्थिक प्रतिस्पर्धामा आफू र आफ्नो परिवारको केही हदसम्म उन्नतीको लागि स्वदेश छोडेर प्रदेश लाग्नु खुसीको कुरा त होइन त्यही पनि बाध्यात्मक प्रदेशिनु परेको छ । तर पनि प्रदेश आएर पनि सजिलो कहाँ छ र ।
यसै सिलसिलामा कतारमा पनि लाखौं नेपालीहरुको रोजगारको गन्तब्य बनेको छ । कतारको हकमा मजदुरहरुको समस्यालाई सम्बोधन गर्ने र दु:ख पीडामा केही राहत मलमपट्टि गर्दै मजदुरहरुको आवाज बोकेको संगठन कतार नेपाली एकता समाजले श्रमिकहरुलाई एकजुट गराउँदै सगठन बिस्तार गरेको छ ।
१८ डिसेम्बर २०१८ का दिन कतार नेपाली एकता समाज केन्द्रीय सचिव बिष्णु थापा र केन्द्रीय सल्लाहकार सदस्य हेम बहादुर थापाको बिशेष पहलमा ७ सदस्यीय कतार नेपाली एकता समाज अन्तर्गत सनैया एरिया बिको मातहतमा ईकाइ समिति गठन गरेको छ । जस्मा: अध्यक्ष– टुक बहादुर जिसि (गुल्मी), उपाध्यक्ष– चेतबहादुर बिक (गुल्मी), सचिव– हेमन्तप्रसाद न्यौंपाने (अर्घाखाची), कोषाध्यक्ष– रुमबहादुर बिक (गुल्मि) सदस्यहरुमा धनबहादुर थापा (गुल्मी) नेत्रप्रसाद बिक (गुल्मी) र कमल केसी (प्यूठान) हुनुहुन्छ ।
नब गठित एकाइ समितिलाई लेबर सिटि एरिया समितिका उपाध्यक्ष नारायण थापाले शुभकामना दिनुभएको थियो ।