एकता समाजको संगठन बिस्तार

0
450

दोहा कतार । गणतन्त्रको सस्थागत गरौ । बिदेशस्थित नेपालीहरुलाई मताधिकार र प्रतिनिधित्व ग्यारेन्टी गरौ । कतारमा मजदुरहरुको हकहितको आबाजलाई बुलन्द गर्दै कृयाशिल मजदुर संगठन मिति ०७ डिसेम्बर २०१८ को दिन कतार नेपाली एकता समाज अन्तर्गत लेबर सिटी एरिया समितिको पुनर्गठन गरेको छ ।

समय परिस्थिति र बाताबरण अनुकूलको कारण मजदुरहरुको समस्यालाई मध्यनजर गर्दै रेशम रोका मगरको पहलमा कतार नेपाली एकता समाज केन्द्रीय सचिब बिष्णु थापा र केन्द्रीय सल्लाहकार हेमबहादुर थापाको विशेष उपस्थितिमा एरिया समिति पुनर्गठन गरेको हो ।


उक्त भेलामा संख्या र प्यानल प्रस्तुत गरे लगतै एरिया समितिलाई रेशम रोका मगर(अर्घाखाँची) को अध्यक्षता मा ९सदस्यीय समिति गठन गरेको छ । जस्मा उपाध्यक्ष नारायण थापा (गुल्मी) सचीव कमल घर्ती (बागलुङ) कोषाध्यक्ष अशोक राना (प्युठान) रहनु भएको छ । सदस्यहरु जित बहादुर परियार (पर्बत) रमेश प्रसाद पोख्रेल (प्युठान) रेशम एमसी (प्युठान) प्रकाश राना (प्युठान) रबिलाल सुनार बि क(प्युठान) हुनुहुन्छ ।

नबगठित समितिलाई केन्द्रीय सचिब बिष्णु थापाले धन्यवाद र कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here