एकता समाजको विकासमा सांस्कृतिक कर्मीको योगदान

0
1378

धनवीर पुन

अखिल भारत नेपाली एकता समाज (हाल मूल प्रवाह अखिल भारत नेपाली एकता समाज) ले यही नोभेम्बर ७, २०१५ देखि ३६ औँ वसन्त पार गरी ३७ औँ वर्षमा प्रवेश गरेको छ । एकता समाजको स्थापना भारतस्थित नेपालीहरुका हक, हितको रक्षा तथा उनीहरुलाई उन्नति, प्रगतिको दिशामा अग्रसर गराउन सचेत प्रयत्न गर्ने ध्येयका साथ भएको थियो ।

सामन्तवादी व्यवस्था र त्यसको चरम शोषणबाट पिछडिएका नेपालीहरुलाई नेपाल नजिकै रहेको मुग्लानमा श्रमको सस्तो बिक्रीबाट आर्थिक उपार्जनको विकल्प थियो । आफ्नो देशमा जीवनयापनको समस्याको समाधान गर्न नपाई रोजीरोटीको खोजीमा नेपालीहरु मुग्लान पस्न १८१६ को सुगौली सन्धिबाट विधिवत: रूपमा नै सुरु भएको मान्न सकिन्छ । तत्पश्चात वीर गोर्खाहरु गोर्खा भर्ती केन्द्र हुँदै कारखाना, कोठी, होटेलदेखि लिएर गल्लीको चौकीदारीमा समेत नेपालीहरुले आफ्नो श्रम बेच्ने थाले । त्यसैको निरन्तरता हालका दिनसम्म पनि चल्दै आएको छ ।

माओले भन्नु भएको छ– “जहाँ दमन हुन्छ, त्यहाँ विष्फोट पनि हुन्छ ।” भारतमा पहिलेदेखि नै कायम रहेको नेपालीहरुमाथिको दमनको परिणामस्वरूप ७ नोभेम्बर १९७९ मा भारतमा अखिल भारत नेपाली एकता समाजको स्थापना भयो । गोविन्दसिंह थापाको सभापतिफ्वमा रामचन्द्र पौडेल, पदम राना, दण्डपाणि न्यौँपाने, राजु नेपाली, रतनबहादुर र दुर्गाप्रसाद शर्मा गरी ७ सदस्यीय केन्द्रीय समितिको घोषणासँगै एकता समाजको औपचारिक स्थापना भएको थियो । अब एकता समाजलाई भारतव्यापी रूपमा एकता समाजको विस्तार आवश्यकता थियो । त्यो आवश्यकतालाई समाधानका गर्नका लागि “नेपालीहरुका बीचमा सामाजिक सद्भाव कायम भएमा मात्र एकता समाजको विकास हुन सक्छ” भन्ने प्रस्थापना एकता समाजले निश्चित गर्‍यो । भारतमा नेपालीहरुका बीचमा एकता समाजको विकास र त्यसका आधारमा सामाजिक सद्भाव कायम गर्नु त्यति कार्य सजिलो थिएन । त्यसका लागि भावनात्मक, सांस्कृतिक, भाषा, भेषभुसा, कला, साहित्यको माध्यमबाट पनि अगाडि बढाउनु पर्ने थियो । त्यो कार्यमा प्रगतिशील सांस्कृतिक कर्मीहरुको निकै महफ्व रह्यो । सांस्कृतिक कार्यक्रम नेपालीहरुको अत्यन्तै चासो विषय बनेको थियो । सांस्कृतिक कार्यक्रम अन्तर्गतका गीत, नृत्य, अभिनयले भारतमा रहने नेपालीहरुमाथि भैपरि आउने दु:ख–कष्ट, अन्याय, अत्याचार, भारतमा उनीहरुको अवस्था, आफ्ना बालबच्चा छोडेर मुग्लान पस्नु परेको पीडा, गाउँमा शोषक सामन्तद्वारा गरिने अन्याय, अत्याचार, घरपरिवारले झेल्नु परेका समस्यालाई जीवन्त बनाइ दियो । यसरी सांस्कृतिक कर्मीहरुका योगदानले भारतमा एकता समाजको विकासमा राम्रो योगदान पुग्न गयो ।

भारत प्रवासमा मजदुरी गर्न बाध्य पारिएका र नेपालका प्रगतिशील कलाकारका कला प्रस्तुतीले एक–आपसमा सम्बन्धित थिएरु। उनीहरूका बीचमा नेपालको जनवादी आन्दोलनका सम्बन्धमा भावनात्मक सम्बन्ध भएको बुझिन्थ्यो । यस तथ्यलाई मध्यनजर गर्दै १९८० तिर एकता समाजको स्थापना लगत्तै वेदना परिवारका कलाकारहरू रमेश, रायन नेतृत्वको सांस्कृतिक टोलीले भारतका विभिन्न सहरमा यस्ता गीत गाउने गर्दथे :

“गल्ला आयो रेलिमै बल्लमा बल्ल
उडीजाउँ कि गुडीजाउँ परेँ म अलमल्ल
उडी गयो वेग हानी रानी बनको चरा
बाटो छेकी नजाउ भन्ने हामीलाई को पो छ र ?
उकालीमा छायाँ दिने चौपारीको बर
घर छाडी नजाउ भन्ने हाम्रो को पो छ र ?”

यो गीतले घर छाडेर परदेश जान बाध्य भएका नेपालीलाई एकता समाजको नजिक ल्याउन ठूलो मद्दत गरेको एकता समाजका पूर्व महासचिव गङ्गा पौडेल बताउनु हुन्छ । नेपालका जनवादी तथा प्रगतिशील सांस्कृतिक सङ्गठनहरु वेदना परिवार, जनसांस्कृतिक परिवार, खास गरी रक्तिम सांस्कृतिक परिवारका कलाकारले भारतस्थित नेपालीका बीचमा आफ्नो कलालाई मात्र प्रदर्शन गरेनन्, नेपालको प्रत्यक्ष राजनीतिक परिवेशबाट समेत उनीहरूका अगाडि राखिदिएरु। उनीहरुले भारतस्थित नेपालीका अगाडि वर्गीय मुक्ति आन्दोलनको विकल्प प्रस्तुत गरे, जसले गर्दा अखिल भारत नेपाली एकता समाजको सङ्गठन निर्माणमा महफ्वपूर्ण सहयोग पुग्न गयो ।

“टाढैबाट चिनियो ढाका टोपी लाउनेलाई
देख्दैमा माया लाउने देशै छोडी आउनेलाई
अर्कैको देशमा, रेलको टेसनमा”

भारतमा अखिल भारत नेपाली एकता समाजसँग प्रगतिशील कलाकारको योगदान र भूमिकालाई खोतल्न खोज्दा समाजको स्थापना कालतिरबाट नै उनीहरुको निरन्तर योगदान रहँदै आएको पुष्टि हुन्छ । उल्लेखित बोलको गीतले निकै राम्रो प्रभाव छरेको पाइन्छ । राष्ट्रियता झल्काउने ढाकाको टोपी र त्यही टोपीको पहिचानले नेपाली–नेपालीबीचको भावनात्मक सम्बन्धको पहिचान यो गीतले गरेको मान्न सकिन्छरु। देश छोडी परदेश आउनेहरुबीचको एकतालाई त्यो भावनात्मक सम्बन्धबाट वर्गीय मायाँमा परिणत गर्न यो गीतले निकै महफ्व राखेको सहजै अनुमान गर्न सकिन्छ । जसले “नेपालीहरुको बीचमा सामाजिक सद्भाव कायम भएमा मात्र एकता समाजको विकास हुन सक्छ” भन्ने एकता समाजको एउटा अर्को प्रस्थापनाले सङ्गठनलाई क्रियाशील गराउन मद्दत गरेको छ ।

यसरी वेदना परिवार, जनसांस्कृतिक परिवार, खासगरी रक्तिम सांस्कृतिक परिवारका कलाकारले अखिल भारत नेपाली एकता समाजको सङ्गठन विस्तार र सामाजिक राजनीतिक उत्थानमा ठूलो मद्दत गर्दै आएको थियो र छ ।

“तिम्रो खरको छानो छुहेर साह्रै नै बेहाल छ
तिम्रो घरको आँगन भत्केर पिढीमै आहाल छ
विदेश मै बसेर फाल्छौ र जीवन
छैन कि कसो हो घर फर्कने मन”

जीवन शर्माद्वारा गाइएको यो गीतले भारत प्रवासमा आएर बेखबर भएका तथा दु:खमा पिल्सिएकालाई घर फर्कन झक्झकाएको छ । परदेशमा अनायासै हराएकाहरुलाई उसको घरको वास्तविक सन्देश प्रवाह गर्दै यथार्थ चित्रण गरेको छ ।

“छुट्यायो दुष्टले हामीहरुलाई
एउटै आमा सन्तानहरुलाई
वर्गीय मायाँको रसरसैमा
गीत गाउँदै सिलिगुडी मिनी बसैमा”

भारतमा स्थायी र अस्थायी दुई प्रकारका नेपालीहरु रहँदै आएको सबैलाई ज्ञात भएको विषय हो । १८१६ को सुगौली सन्धिद्वारा भारतमा गाभिएका तर नेपाली भाषी स्थायी हुन् भने १८१६ को सुगौली सन्धिद्वारा प्रदत्त अधिकार र १९५० को शान्ति तथा मैत्री सन्धिद्वारा दुवै देशका नागरिकहरु एक–अर्काका देशमा खुल्ला आवतजावत गर्न पाउने अधिकार अनुसार भारतमा आउने–जाने नेपालीहरु अस्थायी हुन् । भाषा, संस्कृति, भेषभुषा तथा कला, साहित्यमा दुबै नेपालीहरु एउटै स्थितिमा देखिन्छन् । उनीहरुका बीचमा एकताका लागि पुलको काम पनि रक्तिमका कलाकारहरुले गाउने यो गीतले गरेको छरु। यो गीत आफैमा यति मार्मिक छ, जो दुबै खाले नेपालीहरुलाई भाषा, संस्कृति, भेषभुषा तथा कला, साहित्य मार्फत जोड्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

“परदेशी नेपालीको एउटै आवाज
यही हो हाम्रो प्यारो घर यही हो समाज
सिमाना काटी परदेश आयौँ
दश हण्डर खायौँ झन् दु:ख पायौँ
फर्केर जानलाई छैन दाम पनि
बसेर खानलाई छैन काम पनि
बिचल्लीमा परेकाले बाटो पायौँ आज
यही हो हाम्रो प्यारो घर यही हो समाज”

जीवन शर्माद्वारा रचित यो गीतमा एकता समाजप्रति भारतस्थित नेपालीहरुको अटुट मायाँ र संरक्षणका लागि पहल गरिएको भाव छ । परदेशमा आइसकेपछि आफ्नो भन्नु कोही नहुने भएकाले केवल सङ्गठित भई सङ्घर्षमय जीवनलाई अगाडि बढाउन ठूलो पहल गरेको छ ।

“आएन परदेशी फेरि पनि लाग्यो बरिखा
काल्ला–काल्ला बहार आयो हरियो घाँसले
हृदय मेरो जलाई रह्यो मनको निराशाले ।”

दुई छाक खान र एक आङ लाउने जोहो गर्न गएको परदेशी श्रीमानको सम्झनाको पीडासँग जोड्ने काम गरेको यो गीतले गरेको भन्न सकिन्छरु। यसले विदेशीएका नेपालीहरुलाई घर फर्कन आह्वान गरेको छ ।

“डुल्दै हिँड्दा भारतमा नेपालीको कथा भेटियो
आँशु, रगत, पसिनामा जीवन गाथा भेटियो”

भारतमा नेपालीको अवस्थालाई यो गीतले जस्ताको तस्तै प्रस्तुत गरेको मानिन्छ । रक्तिमका पूर्व महासचिव रेम रानाद्वारा रचना गरिएको यो गीत धु्रवराज ज्ञवालीले गाउनु भएको थियो । अहिले उहाँ जीवित हुनु हुन्नरु। पूर्वोत्तर भारतमा नेपालीहरुले कोइला खानीमा र हिमाचलमा नव निर्माणको काममा श्रम बिक्री गर्नेहरुका सन्दर्भमा लेखिएको यो गीत भारतमा सङ्गठन विस्तारको दौरानमा निकै चर्चामा आएको थियो ।

“सुसेली हालेर बनमा, नाच्दै गाउँदै हिँडेको
सम्झना ताजै छ मनमा, गाउँमा हाँसेर खेलेको”

गाउँm घरको सम्झनामा परदेशमा रहनेहरुले पाउनु परेको पीडालाई राम्रोसँग उद्धृत गरिएको गीतले एकता समाजको विकासलाई निरन्तर योगदान दिँदै आएको छ । त्यसका साथै नयाँ पिढीलाई भावनात्मक रूपले समेट्न सक्ने यस्ता गीतको लामो फेहरिस्त नै तयार हुन सक्छ ।

“घरबाट आयौ के खबर ल्यायौ
कस्ती छन् मेरी नीता प्यारी
कस्ता छन् दौँतरी कस्ता छन् गाउँले
कस्तो छ नेपाल बताउ न बरी”

यो गीतले घर–परिवारबाट बिछोडिएर परदेशमा जीवन व्यतित गर्नेका बारेमा राम्रोसँग प्रष्ट्याउने काम त गरेको छ नै, त्यसका साथसाथै गाउँघर, छरछिमेक र देशप्रेमलाई समेत व्यक्त गरेको छ ।

“कोही साथी टिष्टा पारी समुद्रको पानीमा
कोही साथी सिटी फुक्दै कन्याकुमारीमा
हत्केलामा ज्यान राखी समुद्रको पानीमा
के साह्रो आपत भो जिन्दगानीमा”

समुद्रको पानीमा ज्यान हतेलीमा राखेर पनि श्रम बेच्न बाध्य समुद्री क्षेत्रमा कार्यरत मजदुर र भारतका गल्लीमा सिटी फुक्नेहरुको आपतको जीवनका बारेमा प्रष्ट्याइएको यो गीतले एकता समाजको विकासलाई थप मद्दत गरेको मान्न सकिन्छ ।

एकता समाजसँग रक्तिम परिवारलाई जोडेर हेर्दा सङ्गठनको विकासमा सांस्कृतिक कर्मीको भूमिका यतिमै सीमित रहँदैन । भारतमा हुने नगर सम्मेलन अभियान, क्षेत्रीय सम्मेलन, समय समयमा हुने विभिन्न कार्यक्रमलाई रक्तिम परिवारले भव्य रूपमा सम्पन्न पार्न ठूलो भूमिका निर्वाह गर्दै आएको छ । एकता समाजको कानपुरमा सम्पन्न तेश्रो अखिल भारत सम्मेलनमा रक्तिमद्वारा “१२ मई” र “क्रान्ति किन हुन्न ?” शीर्षकको नाटक प्रस्तुत गरिएको थियो । नयाँ दिल्लीमा सम्पन्न चौथो अखिल भारत सम्मेलनमा रक्तिमद्वारा “ठूली” गीति–नाटक प्रस्तुत गरिएको थियो भने त्यो सिलसिलालाई अगाडि बढाउँदै हैदरावादमा सम्पन्न पाँचौँ अखिल भारत सम्मेलनमा उपस्थित जनसमुदाय समक्ष “पूजा” गीति नाटक प्रस्तुत गरिएको थियो । त्यस्तै फरिदावादमा सम्पन्न छैटौँ अखिल भारत सम्मेलनमा “पूजा” गीति नाटकको भिजुअल प्रसारण गरिएको थियो । उक्त सम्मेलनमा रक्तिम परिवारका कलाकारद्वारा सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो । सोही अवसरमा सम्पन्न सांस्कृतिक प्रतियोगितामा रक्तिमका अध्यक्ष जीवन शर्मा सहितको केन्द्रीय टिमले नै अवलोकन गरेको थियो।

नेपालको रक्तिम सांस्कृतिक अभियानको सहयोगद्वारा भारतमा प्रशिक्षित र दक्ष भैसकेको पछिल्लो निष्कर्ष लखनऊमा सम्पन्न सातौँ अखिल भारत सम्मेलनसम्म आइपुग्दा पुष्टि भएको मान्न सकिन्छरु। भारत प्रवासकै कलाकारद्वारा त्यहाँ जुन गुण स्तरको कार्यक्रम प्रस्तुत गरियो, त्यसले बतायो– भारतमा रक्तिमका सांस्कृतिक टोली कला क्षेत्रमा परिपक्वता हासिल गरिरहेको छ । भारतका विभिन्न क्षेत्रबाट आएका कलाकारले अखिल भारत सम्मेलनलाई ऐतिहासिक रूपमै सफल पारे । त्यस्तै २०११ र २०१४ मा सम्पन्न भारतव्यापी नगर सम्मेलन अभियान होस् वा २०१२ मा सम्पन्न क्षेत्रीय सम्मेलन अभियान, अधिकांश क्षेत्र र नगर समितिका कलाकारले आफ्नो जोडदार प्रस्तुति दिन कुनै कमी रहन दिएनन् ।

यसरी सङ्गठन विस्तारका साथसाथै भारतमा कार्यरत श्रमजीवी मजदुरका बालबालिकामा समेत रक्तिमले आफ्नो अमिट छाप छर्न सफल भयो, जसले गर्दा नेपाली भाषा बिर्सिसकेका वा बिर्सन थालेका कैयौँ किशोरहरुलाई समेत रक्तिमको सङ्गठनमा आवद्ध हुन प्रेरणा दियोरु। उनीहरुलाई नेपाली भाषा र संस्कृतिको महत्ताबारे एक पटक बोध गरायो । त्यसैको परिणामस्वरूप उनीहरु आज एकता समाजको नेतृत्वदायी स्थानसम्म पुगिसकेका छन् । एकता समाजको विकासमा मलजल गर्न महफ्वपूर्ण योगदान दिने प्रगतिशील सांस्कृतिक कलाकर्मीहरु, खास गरी रक्तिम सांस्कृतिक अभियान यसका लागि एकता समाजको ऋणि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here