एकता मञ्चको उपाध्यक्ष मूल प्रवाहमा प्रवेश

0
3991

हैदरावाद । लामो समयसम्म तात्कालिन नेकपा (माओवादी केन्द्र) निकट अखिल भारत नेपाली एकता मञ्च, दक्षिण पुर्बी क्षेत्रीय समितिको उपाध्यक्ष तथा विभिन्न जिम्मेवारीहरु सम्हाल्दै आउनुभएका थान बहादुर क्षेत्री र सोही संगठनको विभिन्न जिम्मेवारी स्थानमा काम गर्दै आउनु भएकी तुलसी क्षेत्री मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नुभएको छ ।

नेपालमा आमूल परिवर्तन गरि जनबादी सत्ता ल्याउन भनी बन्दुक उठाएको पार्टीले जनबादी सत्ताको त कुरै छाडौं सर्बहारा बर्गका आधारभुत सिद्धान्तहरुलाई तिलान्जली दिदै वर्ग संघर्ष त्यागेको र अब जनताको आधारभुत समस्याको समाधान गर्न सक्ने छवि बर्तमान नेकपाको नरेहेको ठहर गर्दै आफू देश र जनताका लागि सधैं सहि बाटो अबलम्बन गर्दै आयको राष्ट्रिय जनमोर्चा निकट भारत प्रवासमा रहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेको घोषणा गर्नुभयो ।

केन्द्रीय समितिका सचिब प्रेम पौडेलले अबिर लगाई मूल प्रवाहको सदस्यता प्रमाण पत्र प्रदान गर्नुभएको छ । प्रेम पौडेलले अझै प्रबाशमा रहेका विभिन्न संघ संगठनमा आवद्ध नेपाली जनसमुदायलाई मूल प्रबाहमा संगठित हुनुको बिकल्प नरहेको स्पष्ट पार्नु भयो । मात्रात्मक रुपमा राष्ट्रिय जनमोर्चा सानो भएपनि राजनीति र कार्यक्रम सहि रहेकोमा कसैको दुइमत नरहेको कुरामा ठोकुवा गर्नु भयो ।

कार्यक्रममा केन्द्रीय सदस्य रामप्रसाद आचार्य, बैकल्पिक सदस्य फुल बिना पौडेल, सल्लाहकार रामकुमार क्षेत्री, क्षेत्रीय सदस्य रतन सिंह बिक, महिला क्षेत्रीय समन्वय समितिकी मिना आचार्य, रक्तिम क्षेत्रीय बिभाग कि कृष्ण कुमारी बिक, विद्यार्थी क्षेत्रीय समितिकी सितल सिंहले नव प्रवेशीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here