एकताको निम्ति बहस र छलफल गर्न तयार : सिंह

0
4418
उनी नेपाल कम्यूनिष्ठ आन्दोलनमा सर्वाधिक लामो इतिहास भएका जिवीत नेता मध्येका एक । करिब एकदशक लामो सशस्त्र विद्रोहको नेतृत्व गरेर नेपाली राजनीतिको केन्द्र भागमा आफुलाई स्थापित गरेका प्रचण्ड लगायतका कैयौै नेताका राजनीतिक अगुवा । उनी भने अझै एउटा सानो राजनीतिक संगठनको नेतृत्वमा चित्तबुझाई बसेका छन् । उनी अर्थातः मोहनविक्रम सिंह । उमेर ८३ वर्ष, नेकपा (मसाल)का महामन्त्रि । आफूलाई अर्धभूमिगत भन्छन् । उनको पार्टी बैधानिक राजनीतिमा छैन तर त्यसको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा संसदीय राजनीतिमा छ । उक्त दलले चुनावी सहकार्य गरेका वामपन्थी गठबन्धनका नेकपा एमाले र माओवादी केन्द्र बीच एकिकरणको निर्णय भएको छ । राजनीति र निजी जीवनको उत्तर्राधमा रहेका नेता मोहन विक्रम सिंहसँग आज नेपाल सन्दर्भमा हामीले एमाले र माओवादी एकता र त्यसले कम्यूनिष्ट आन्दोलनमा पार्ने प्रभाव लगायतका विषयमा कुराकानी गरेका छौं । (विविसीका सरद केसीसँग २०७४ फाल्गुन ९ गते नेपाल सन्दर्भमा बोल्दै मोहनविक्रम सिंह ।)
एमाले–माओवादी एकता गर्ने घोषणाले पूरानो कम्यूनिष्ट नेता तपाईलाई पिरोलेको छ कि, खुशीतुल्याएको छ ? 
–हामीले शुरुदेखि नै उनीहरु बीचको एकतामा जोड दिएका थियौं । त्यसमा कतिपय दुविधा, आशंकाहरुका बीचमा देखापरेका थिए । तर अहिले त्यो एकता भएकोमा हामी खुशी छौं, हामीले त्यसलाई स्वागत गरेका छौं ।
त्यसको अर्थ नेपालमा एकिकृत कम्यूनिष्ट पार्टीको निर्माण भयो भन्ने अर्थमा होइन । नेपालका तात्कालिन राजनीतिक सन्दर्भमा एमाले र माओवादी केन्द्रको जुन भूमिका रहेको थियो चुनावको वेलामा पनि त्यसलाई निरन्तरता दिनको लागि त्यसले मद्दत पुर्याउँछ र अहिलेको राजनीतिक सन्दर्भमा त्यसले सकारात्मक योगदान पुर्याउँछ भन्ने अर्थमा नै हामी खुशी भएका छौं ।
सकारात्मक के अर्थमा पार्ला ?
– नेपालको राजनीतिमा दुइवटा धु्रवीकरण बनेका छन् । एउटा नेपाली काँग्रेस नेतृत्वको गठबन्धन अनि एमाले र माओवादीको गठबन्धन । देशमा नेपाली काँग्रेको गठबन्धनबाट गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता माथि गम्भिर खतरा थियो । उनीहरुको बीचमा जुन तालमेल भयो, गठबन्धन भयो त्यसले नेपाली काँग्रेसलाई हराउन महत्वपूर्ण योगदान थियो र अहिले उनीहरुको बीचको एकताले गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षतालाई सहि दिशामा पुर्याउन, त्यतिमात्रै हैन देशलाई प्रशिक्षित रुपमा अगाडि बढाउन र संविधानमा उल्लेख भएझैं समाजवाद उन्मुख एउटा राज्यको निर्माणको लागि मद्दत पुर्याउनको लागि आधार तयार भएको छ भन्ने हाम्रो विश्वास छ । त्यस अर्थमा नै हाम्रो प्रशन्नता हो ।
अब त्यति धेरै प्रशन्नता भइसके पछि, उनीहरुसँगै तपाइहरु पनि एकिकृत भएर अगाडि बढ्न के अप्ठ्यरो भयो ? 
-त्यसको अर्थमा उनीहरु हामीमा सैद्धान्तीक रुपमा धेरै ग्याप छन् ।
जस्तो के फरक छन् ?
-माओ विचार धारा कै प्रश्न छ, उनका सैद्धान्तिक मान्यताहरु विचलन भएको छ । माक्र्सवादी–लेनिनवादी संगठनात्मक प्रणाली पनि छैन । गतकालमा पनि उनीहरुले कैयौंपटक भारतीय विस्तारवादसँग संझौता गरेका छन् । जस्तो प्रथम संविधान संशोधन विधेयकका सन्दर्भमा । जस्तै प्रचण्डले नेपाली काँग्रेससँग गठबन्धन गरेर त्यसले उनको इतिहासमा, चरित्रमा ढुलमुल पन शंसोधवादी चरित्र भएको देखेका छौं । त्यसले गर्दाखेरी तात्काल हामीहरु उनीहरुको बीचमा पार्टी एकिकरणको संभावना हामीले देखिराखेका छैनौं । तै पनि ओली र प्रचण्डसँग छलफल भए अनुसार हामीले यी प्रश्नहरुमा एउटा विस्तृत रुपमा सैद्धान्तिक, राजनीतिक बहस चलाउन सक्छौं ।
तपाईले बहस चलाउने भन्नु भयो, त्यो बहस चलाउँदै जाँदाखेरी माओवादी एमाले सँगसंगै तपाईहरुको पनि एकिकरण संभावना पनि हुन सक्छ ? बहस चलाउँदै गर्दा ?
-हाम्रो फूटका कारण के हुन् ? एकताका संभावना के हुन् ? त्यसका आधार के हुन सक्छ ? त्यो कुराले नै, त्यो बहसले नै त्यसको फैसला गर्दछ । हामी पहिल्यै यस विषयमा केही भन्न सक्ने स्थितिमा छैनौं ।
पार्टीको एकताको निम्ती तपाईहरु बहस चलाउन, छलफल गर्न तयार हुनुहुन्छ ?
हो ।
त्यसो भए बैचारिक रुपमा पनि निकट आइसक्नु भएको छ ? 
-नाई, अर्को कुरा संसदलाई उपयोग गर्नु भन्नुको अर्थ त्यसो त नेपाली काँग्रेसले पनि उपयोग गरेको छ । त्यसको अर्थ हामी उनीहरुसँग नजिक छौं भन्ने हैन । त्यो कार्यनैतिक प्रश्न हो । कार्यनीतिमा हामीले कहिले हामीले संसदलाई उपयोग गर्दछौं, कहिले बहिष्कार गर्दछौं । उपयोग गर्नको अर्थ हामी एउटै उसमा छौं भन्ने होइन ।
तपाईलाई पनि त कुनै वेलामा नेपालका माओ भनि पनि प्रचार गरे, चर्चा गरे तपाई कै नेता कार्यकर्ताले । अहिले त तपाई कहाँ छुट्नु भयो ? तपाइले पशिक्षण दिएका एकखाले भनौं न चेलाहरु नै राज्यसत्ताको नेतृत्व गर्न पुगे । विफलत तपाई नै सावित हुनु भयो हैनर ? 
पहिलो कुरा चेला भन्ने शब्दलाई हामीले प्रयोग गर्दैनौं । तैपनि चौथो महाधिवेशनकालमा हामीहरुको पार्टी सबैभन्दा शक्तिशाली पार्टी थियो । त्यो कालमा विश्व समाजवादी व्यवस्था थियो । अहिले विश्व कम्यूनिष्ट आन्दोलन धेरै कमजोर भएको छ, त्यसले गर्दाखेरी हामीहरुको स्थिति कमजोर हुन गएको छ ।
०४६ सालको जनआन्दोलन पछि एकखालको सहकार्य गर्दै कतिपय कम्यूनिष्ट पार्टीहरु संसदीय राजनीतिमा आए, त्यो प्रजातान्त्रिक अभ्यासमा आए । अर्को चाहिं प्रचण्डले नेतृत्व गरेको अन्तत्वगत्वा पछि बन्दुक उठाउन पुगे । त्यस्तै अहिले माओवादी केन्द्र र एमाले बीच सहकार्य भैराखेको बेलामा कालान्तरमा गएर मोहन वैद्य अथवा नेत्रविक्रम चन्द बीचमा सहकार्य भएर फेरी सशस्त्र संघर्षको संभावना देख्नु हुन्छ ? 
-हामीले कालन्तर रुपमा त्यस्तो केही सोंच्दैनौं । उनीहरुले त्यस्तो बाटो समाते भने अहिलेको विश्वको परिस्थितिमा र नेपालको परिस्थितिमा त्यसलाई हामीले गलत मान्दछौं । जस्तै मालेको नीतिलाई हामीले गलत बताएका थियौं । जस्तो प्रचण्डको नीतिलाई हामीले गलत बताएका थियौं । उनीहरुले त्यसप्रकारको बाटो अपनाउँछन् भने जस्तै एउटा लामो समयको अभ्यास पछि फेरी एमाले शान्तिपूर्ण आन्दोलनमा आउनु पर्यो, माओवादी पुनः शान्तिपूर्ण आन्दोलनमा आउनु प¥यो । ठिक उनीहरु पनि त्यसैगरि आउनु पर्नेछ । अहिले गलत प्रकारको उग्रवामपन्थि बाटो नअपनाऔं, देशमा कायम भएको गणतन्त्र, राष्ट्रियता, संविधानका सकारात्मक पक्षहरु देशको विकासका प्रश्नहरु जो छन् त्यसलाई मजबुत पार्न नै हामी सबै एकजुट भएर जानुपर्ने हुन्छ ।
कतिपय सैद्धान्तिक रुपमा हामी कम्यूनिष्ट हो कि, होइन भन्ने प्रश्नमा एमालेसँग हाम्रा मतभेद होलान्, प्रचण्डसँग होलान् । त्यस्तै वैद्य र अरु कतिपय पक्षसँग होलान् । भए पनि अहिले देशको तात्कालिन राजनीतिकमा हामी मिलेर जानु पर्छ ।
वामपन्थी गठबन्धनको सरकार बनेको छ, तपाईलाई केही महत्वपूर्ण राजकीय पदहरुमा आउन आग्रह गर्यो भने तपाई त्यसको निम्ती तयार हुनुहुन्छ ? 
-हैन, कुनै पनि सरकारी पदमा मेरो जाने भन्ने प्रश्नै आउँदैन । सामन्य संसदमा समेत म जान्न । किन भने त्यो हाम्रो पार्टीको नीतिसँग मेल नखाने कुरा हो । कम्यूनिष्ट पार्टीको एउटा म महामन्त्री छु, कम्यूनिष्ट पार्टीको सदस्य छु, त्यस अर्थमा हामी कुनै पनि सरकारी पदहरुमा जाँदैनौं, यो हाम्रो नीति नै हो ।
यो वामपन्थी सरकार भयो भने पनि जानु हुन्न ? 
-हैन, जादैनौं हामी त्यसमा । त्यस प्रकारको यो वैधानिक उसमा, संसदीय उसमा जाने हाम्रो नीति नै छैन ।
अनि तपाईले यो उमेरमा ८३ वर्षको भैसक्यो, पार्टी अरु नेतृत्वलाई हस्तान्तरण गर्नु भाको छैन । कम्यूनिष्ट पार्टीको नेतृत्वको विकास गर्ने कुरा हुन्छ । तपाई सँगसँगै यो पार्टी पनि त्यतिकै सिद्धिने त होइन ? 
-हैन, मलाई प्रश्नमा खुशी हुने थियो कि, म नेतृत्वबाट हटेर, जिम्मेवारी पुरा गर्न, अरु आफ्ना लेख्ने, अरु कामहरु जिम्मेवारी पुरा गर्न पाए खुशी हुने थियो । हामीले अर्को पक्ष पनि देखेका छौं, नयाँ पुस्तामा हस्तान्तरणको प्रश्नमा । स्टालिनबाट खु्रश्चेवमा गयो त्यसले कम्यूनिष्ट आन्दोलन समाप्त पारिदियो । माओबाट देंसाओमा गयो त्यसले कम्यूनिष्ट आन्दोलन समाप्त पार्यो । यस्ता सारा उदाहरण हामीले देखिराखेका छौं । कम्यूनिष्ट आन्दोलनमा यस्ता जटिलताहरु हुन्छन् ।
राजनीतिकमा, चुनावमा पनि पैसाले ठूलै काम गर्दछ । अन्तर्राष्ट्रिय प्रभावले पनि धेरै काम गर्दछ । सबैले धेरैथोरै काम गर्दछ । यो आमरुपमा तपाइहरु सबैलाई थाहा भएको कुरा हो । त्यो चीजहरुमा हामीले उपयोग गर्न चाहँदैनौं । त्यसले पनि हामीलाई नोक्सान पुगेको छ । यो भविष्यमाथि निर्भर गर्ने कुरा हो । अहिले नै हामीले त्यस्तो विशेष रुपमा कल्पना गर्दैनौं ।
अन्तिममा, मोहनविक्रम जी कम्यूनिष्ट आन्दोलनका क्रममा मुद्दाहरु धेरै अगाडि बढाउनु भयो । थुप्रै कम्यूनिष्ट नेता, कार्यकर्ताहरुलाई जन्माउनु भयो, प्रशिक्षित गर्नु भयो तर मुद्दा अगाडि बढ्यो, नेता कार्यकर्ताहरु अगाडि बढे, तर तपाई संधै पछाडि पर्नु भयो !
– वास्तवमा यो कम्यूनिष्ट आन्दोलन कुनै पनि देशमा एकलै अगाडि बढ्न सक्दैन । यसलाई अन्तर्राष्ट्रिय परिस्थितिसँग काम गरेको हुन्छ । विश्वमा कम्यूनिष्ट आन्दोलनको जो कम्जोर स्थिति छ, त्यसको असर हामीलाई पनि परेको छ । तर उनीहरु अगाडि बढे भन्नुको अर्थ उनीहरुलाई अगाडि बढेको हामीले केही देखिरहेका छैनौं । माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई दृढतापुर्वक अपनाएर हैन, त्यसमा संझौताहरु गरेका छन् । हामीले देख्यौं कुनैवेला राजासँग संझौता गर्ने, कुनैवेला भारतीय विस्तारवादसँग संझौता गर्ने यस्तरी उनीहरु अगाडि बढेका छन् । विभिन्न प्रकारको ढुलमुल र संझौता परस्त तरिकाबाट अगाडि बढेका छन् । त्यसलाई कम्यूनिष्ट आन्दोलनमा सहि किसिमले अगाडि बढेको भनेर भन्दैनौं । त्यही अहिलेको तात्कालिक स्थितिमा जुन हदसम्म उनहिरुको सकारात्मक भूमिकाहरु छन्, राजनीतिक रुपमा, त्यसलाई हामीले समर्थन गरेका छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here