अध्यारोमा जुन जस्तै
उज्यालोमा सुर्य किरण जस्तै
फराकिलो सोच आकाश जस्तै
समुन्द्र जस्तै निश्चल
हिमाल जस्तै शालिन
सुसंस्कृत शभ्य र उच्च बिचार
सामाजिक ,सहयोगी चिन्तन पद्धति
एउटा सुन्दर उदाहरण उनी ।
यो चराचर जगतमा ,असत्यका फाटहरु बढेको बेला
झुट र स्वार्थपुर्ण बगंला बनेको बेला
अन्याय र अत्याचार को सिमा नाघेको बेला
प्रेम र सद्भाव मरेको बेला
एउटा चम्किलो तारा बनेर
एउटा सुन्दर फुल बनेर
उज्यालो छर्ने सानो टुकि बनेर
न्याय र समानताको बीउ छर्न
सत्याताको साचो उजागर गर्न
आधी बनी,तुफान बनी उदाएकी उनी
एउटा सुन्दर उदाहरण उनी।।
लाखौं हृदयको ज्वारभाटा बुझ्ने
सामुहीक हितको पक्षपोषण गर्ने
उत्पीडित बर्ग उत्थान मा लड्ने
सर्बहारा दृष्टिकोण बिकास गर्ने
पछौटे सामन्ती संस्कृति माथी घृणा गर्दै
पुजिवादी साम्राज्यवादी छाडा संस्कृतिको बिरोध गर्दै
सबै यौनवादी,उछृङ्खलता र उपभोक्तावादको भन्डाफोर गर्ने
अणु,परमाणु पदार्थ मानिस र सारा जगत बुझ्ने
द्वन्द गति र परिबर्तन बुझ्ने
एउटा सुन्दर उदाहरण उनी ।।।
संसार जर्जरताले आतंकित बन्दा
जातियताले आक्रान्त हुदा
साम्प्रदायिकताको सिकार बन्दा
बगैचा मासी उजाडता बढ्दा
चेतनाको सौन्दर्य गर्लाम्मै ढल्दा
फुल फुलाउने माली नै बनेर
दुष्ट मास्न बरु जाली नै बनेर
संसार सजाउने थाली नै बनेर
गरिब बर्गलाई टाली नै बनेर
क्रान्तिको झिल्को,मुस्लो बनेर
नारकिय राज्यको खिलापमा
रक्त पिपासु नर पिचासको विरुद्धमा
ससक्त जोदाह योद्धा बनेर
उज्यालो सत्ताको पर्दा उघार्ने
एउटा सुन्दर उदाहरण उनी ।।।।
(२०७५र०७र२२)