ऋण खोजी खोजी घ्यु खाने बानी छोड्नुस ओली ज्यू ! नत्र छेरौटे लाग्ला’ चित्र बहादुर केसीले ओलीलाई यसो भनेपछि…!

0
3592

जेठ २७,  काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले भाषण गर्दैमा संघीयता कार्यान्वयन नहुने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताउनु भएको छ ।

केसीले पञ्चायतकालमा राजाले पनि भाषण गरेको तर पञ्चायती व्यवस्था धेरै समय नटिकेको उदाहरण नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै दिनु भएको हो ।

“भाषण गर्दैमा प्रणाली सफल हुन्छ भन्ने त होइन नि । नेपाली जनताले देखिरहेका छन् ।” केसीले भन्नु भयो ।

प्रदेश सरकार संचालनका लागि विदेशीले सहयोग नगरे अरु कुनै उपाय नभएको भन्दै केसीले जसले सहयोग दिन्छ उसैले आफ्नो स्वार्थ पूर्ति गर्ने केसीले बताउनु भयो ।

“साहुको ऋण काढेर घिउ आएर मुलुक तर लाउन्न । ऋण गरेर घिउ पिउने अनि त्यही घिउले छेरौटे लाग्छ । अनि देशको राष्ट्रियतामाथि समेत धावा बोल्छन् ।” केसीले कटाक्ष गर्नु भयो ।

दाताको सहयोगले मुलुकको विकास नहुने भन्दै केसीले विदेशीको भरमा संघीयता सफल नहुने दाबी गर्नु भयो ।

साझा पेजबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here