उनी

0
341
  • अर्जुन शर्मा

उनी बलात्कृत भइन !
उनी अन्यायमा परेर पनि
उनि अत्याचारमा परेर पनि
उनी संकटबाट गुज्रिएता पनि
उनी थिचोमिचोमा परेपनी
उनै माथी कर्के नजर छ
उनै माथी घृणा छ उनै माथी छिछि र दुर्दुर छ
किनकी
किनकी उनी बलात्कृत भइन !
उनी पिडाले ग्रसित छन
उनी कमजोर बनेकी छन
उनी कसैको ढाडस खोजेकी छन
उनी आफुले न्याय खोजेकी छ्न
उनी अपराधीमाथी कारबाही चाहेकी छ्न
उनी देशको कानुनको पालना चाहेकी छ्न
उनी समाजको चेताना बढोस भन्नेकी छन
उनी शिक्षाको दियो बलेको हेर्न चाहन्छिन
तर समाज
उनै माथी जाइलाग्दा झन झन
कठोर समस्या आइलाग्दा
उनी बाच्न भन्दा मर्न चाहन्छिन
किनकी किनकी उनी बलात्कृत भइन!
उनी बोक्सी बनाइएर कुटिने पीडा रोक्न चाहन्छिन
उनी अलछ्छिनी बनेर पिटिन चाहदिनन
उनी दोश्रो दर्जामा गनिएर हेपिन चाहदिनन
उनी कानुनको ठेलिले मात्र सुसज्जित भएको होइन
उनी त व्यबहार मै परिबर्तन देख्न चाहन्छिन
उनी दाइजोको किचलोमा अडिन चाहान्नन
उनी मान्छेको खुन चुस्नेहरुको रजाइ चाहन्नन
उनी क्रुर शोसकिय शोषण को सिक्री चुडल्न चाहन्छिन
उनी निर्लज्ज समाजको चेहरा बदल्न चाहन्छिन
उनी आफुलाइ नङ्गाएर मासु लुछ्ने
खुनी अत्याचारिको लास देख्न चाहन्छिन
तब मात्र
उनी सन्तोसको श्वास फेर्नेछिन
आफू र आफू जस्तै उत्पीडितको स्थान भेट्नेछिन
तब चिहानबाटै
उनी जस्ता यातानाका शिकार बनेकाहरु
रमाएर नारा लगाएको देख्नेछिन
आफ्नो साथमा ठूलो असल मान्छेहरुको भिड देख्नेछिन
अनि धिकिर धिकिर भएको शरीर पनि
उठेर लामो श्वास फेर्नेछ
मर्नै लागेको चाउरिएको शरीर पनि
उठेर सलाम गरेर मर्नेछ
न्याय र समानताको तब
साच्चै दियो जल्नेछ बलात्कृत भएको शरीर ले होइन,
बलात्कार गर्ने शरीरले टाउको लुकाउन थाल्नेछ

पिडामा रहेको जीवन ले होइन,
पीडा गर्न तम्सिने दुष्टको जीवन बर्बादी हुनेछ
समाजको अगाडि उठ्न नसकी
सदैब उसको टाउको झुक्नेछ
तब उनी हास्न थाल्नेछिन
उनी छि छि बन्ने छैनन,
बलात्कृत भएको भरमा
किनकि
किनकी उनी सृष्टिकि जननी हुन
पिडै पीडा सहेर पनि दसौं हन्डर खाएर पनि
मुक्तिको खातिर साहस बटुल्ने
न्यायको निम्ति अदम्य कदम चाल्ने
उनी महान योद्धा बन्नेछन
खुनी दुष्ट शोसकको साच्चै उनी
उनी चिहान खन्नेछन ।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here