उनी कहाँ होलीन ?

0
205
अर्जुन शर्मा

नदेखिएकि,नभेटिएकी काल्पनिक दृश्य उनी
अदभूत कलाकी धनी,सौन्दर्यको प्रतीक
आनन्दित सुवास छर्ने,मनमोहित तुल्याइदिने
हिमाल जस्तै अटल
आकाश जस्तै फराकिलो
र सुर्य जस्तै चम्किलो
उनी,उनको हृदय र उनको बिचार
साच्चै,उनी कहाँ होलीन?
समाजका बद्लिदा रुपहरु सग
नबदलिएर ‘पाखे’ कहलिएकि
धन सम्पत्तिको लोभ र भोकबाट मुक्त
अनावश्यक शृङ्गारीकताबाट मुक्त
न रुपको,न शानको छ घमण्ड
कोमल हृदयकि खानी
उनी,उनको आनिबानी र उनको व्यबहार
साच्चै,उनी कहाँ होलीन?
संसार परिबर्तनको अठोट र भरोसा
आफू मेटिएर पनि दुखिहरुको सेवा
जीवनको रस,अर्थ,कर्म र मर्म बुझेकी
संघर्षबाट नभाग्ने,नडराउने
उच्च साहसिक अभिलाषा युक्त
कठिनता बुझी बाच्न सक्ने
सौन्दर्यबोधको चेतानाले लिप्त
उनी,उनको आदर्श र उनको चिन्तन
साच्चै ,उनी कहाँ होलीन?
( २०७५-०७-०८)।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here