उदयपुरमा मूल प्रवाहको नगर समिति निर्माण 

0
362
उदयपुर, १३ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत राजस्थानको उदयपुरमा कार्यरत नेपालीहरु बीच एक भेला सम्पन्न भएको छ ।
भेला तारा कुँवर र अभिषेक कुँवरको पहल तथा केन्द्रीय सदस्य नारायण शर्माको विशेष उपस्थितिमा सम्पन्न भएको थियो । उक्त भेला द्वारा ११ पूर्ण र २ वैकल्पिक सदस्य रहेको उदयपुर नगर समिति गठन गरिएको छ ।
जसमाः अध्यक्षः– अभिषेक कुँवर, उपाध्यक्ष– विष्णु रायमाझी, सचिव– तारा कुँवर, सहसचिव– हेमराज रावल र कोषाध्यक्ष– सागर पुन (चुरामणि) रहेका छन् । त्यस्तै सदस्यहरुमाः मनु लामा, सिता पुन, माया कुँवर, दिनेश कुँवर, विष्णु सोमै, भगवान सोमै, वैकल्पिक सदस्यमा जीवन थापा र एक स्थान रिक्त राखिएको छ ।
नयाँ समितिलाई केन्द्रीय सदस्य नारायण शर्माले बधाई दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here