उदयपुरमा थप ११ जनामा काेराेना संक्रमण पुष्टी, संक्रमितकाे संख्या ४२ पुग्याे

0
56

 

काठमाण्डाैं । उदयपुरमा थप ११ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा नमुना परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो ।

त्यस क्रममा आठै जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ । थप ११ जनामा पुष्टि भएसँगै नेपालमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ ।

उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा बसेका ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण भएको थियो ।अहिले संक्रमण देखिएका एघार जना त्यसै मस्जिद क्षेत्र वरपरका वासिन्दा हुन् । उदयपुरका अर्का एक युवकमा पनि मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here