उज्ज्वल र क्रान्तिकारी पक्ष

0
271

माथि हामीले पार्टीको गैर–क्रान्तिकारी चिन्तनले पार्टीलाई राजनैतिक वा सङ्गठनात्मक प्रकारले पु¥याएको क्षतिको जुन चर्चा गरेका छौ“, त्यो गम्भीर चिन्ताको कुरा हो । पार्टीमा त्यो पक्ष काफी गम्भीर छ । यदि त्यो पक्ष पूर्ण रूपले सत्य भएको भए आज पार्टीको क्रान्तिकारी चरित्र जे–जति पनि बा“की रहेको छ, त्यो पनि बा“की रहने थिएन । गैर–सर्वहारा चिन्तनले पार्टीको राजनैतिक र सङ्गठनात्मक स्वरूपलाई काफी नोक्सान पु¥याएका भए पनि पार्टीभित्र एउटा उज्ज्वल र क्रान्तिकारी पक्ष पनि छ । त्यसैले गर्दा नै गत कालमा विभिन्न अवसरवादी धारा र गुटका विरुद्ध पार्टीमा लगातार सङ्घर्ष चल्दै आएको छ । आज हाम्रो पार्टीको क्रान्तिकारी चरित्र बचेको छ, ती सबै प्रकारका प्रतिक्रियावादी, अवसरवादी शक्ति र पक्षहरूका विरुद्ध सङ्घर्ष गर्दै क्रान्तिकारी सिद्धान्त र राजनैतिक लाइनको रक्षाका लागि गरिरहेको अविरल सङघर्षको परिणाम हो । तर विश्वस्तरमा कम्युनिस्टहरूको शक्तिमा आएको ह्रास र स्वयं देशभित्र पनि अवसरवादी शक्तिहरूको शक्तिमा भएको बृद्धिका सन्दर्भमा अवसरवादका विरुद्धको सङ्घर्षलाई कैयौ“ गुना गहन, बहुपक्षीय र उच्च रूप दिनुपर्ने आवश्यकता छ । स्पष्ट छ कि त्यो कार्य आज पार्टीको सङ्गठनात्मक स्वरूप र चिन्तनको जुन स्थिति छ, त्यो पार्टीद्वारा निश्चित रूपले त्यसप्रकारको जिम्मेवारी पूरा हुन सक्दैन । पार्टी बाहिर त्यसप्रकारको सङ्घर्षलाई सर्वप्रथम पार्टीभित्रको अवसरवादका स्रोतका विरुद्ध नै सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ र हुन्छ । त्यो दिशामा प्रयत्न सर्वप्रथम सैद्धान्तिक क्षेत्रमा अर्थात् पार्टीको चरित्र र विश्व दृष्टिकोणलाई बदल्ने र सर्वहाराकरण गर्न कार्यबाट नै शुरु गर्नुपर्दछ ।

पाचौं महाधिवेशनको आत्मालोचनाको उपेक्षा

पाचौं महाधिवेशनमा पारित तात्कालिक राजनैतिक प्रस्ताव– “पार्टी र क्रान्तिका तात्कालिक नीति र कार्यहरू” मा पार्टीको त्यो बेलाको स्थितिको मूल्याङ्कन गर्दै भनिएको छ : “सही अर्थमा भन्ने हो भने हाम्रो पार्टीका क्रियाकलापहरू एउटा पू“जीवादी प्रजातान्त्रिक पार्टीका जस्तै हुन गएका छन् । त्यसले गर्दा कम्युनिस्ट पार्टीमा खालि सामान्य रूपले राष्ट्रिय र जनतान्त्रिक आन्दोलनहरूलाई समर्थन गर्ने तत्वहरू सामेल हुन्छन् र कम्युनिस्टहरूको स्तर सामान्य डेमोक्र्याटहरूकोभन्दा माथि कमै उठ्न सकेको छ । नेपालमा कम्युनिस्ट पार्टीभित्र अत्यधिक मात्रामा देखापर्दै आएको दक्षिणपन्थी अवसरवाद, पलायन, आत्मसमर्पणका लागि पार्टीको त्यस प्रकारको ‘डेमोक्र्याटिक’ चरित्र काफी हदसम्म जिम्मेवार छ । यो स्थितिमा नियन्त्रणका लागि पार्टीका क्रियाकलाप, आन्दोलनहरूलाई, प्रथम, कम्युनिस्ट पार्टीको नेतृत्वदायी भूमिका र द्वितीय, नया“ जनवादी आन्दोलनको स्तरमा माथि उठाउन विशेष प्रयत्न गर्नुपर्ने आवश्यकता छ ।” (पेज ५८) त्यस सिलसिलामा अगाडि भनिएको छ : “हाम्रा अन्तिम उद्देश्य समाजवाद र साम्यवाद हुन् । समाजवाद त्यसको पहिलो चरण हो । नया“ जनवादी क्रान्ति ती दिशामा बढ्नका लागि एउटा चरण मात्र हो – जसभित्र राष्ट्रिय पूँजीपति वर्गसम्मका हितहरू पनि समावेश छन् । त्यो अवस्थामा यदि हाम्रा सबै विचार र क्रियाकलापहरू नया“ जनवादी क्रान्तिसम्म मात्र सीमित रहन्छन् भने हाम्रो पार्टी खालि पू“जीवादी प्रजातान्त्रिक पार्टी मात्र बन्ने कुरामा कुनै शङ्का रहने छैन । हामीले बाह्यरूपमा समाजवाद र साम्यवादका सिद्धान्तहरूको प्रचार तथा त्यसका पक्षमा जनमत तयार पार्ने कुरामा लगातार प्रयत्न गरिरहनुपर्दछ भने आन्तरिक रूपमा आफ्नो चेतनाको स्तरलाई नया“ जनवादी क्रान्तिसम्म मात्र होइन, समाजवादी र साम्यवादी चेतनाको स्तरसम्म उठाउने प्रयत्न गर्नुपर्दछ । अनि मात्र कम्युनिस्ट पार्टी एउटा सामान्य ‘डेमोक्र्याटिक’ पार्टी मात्र रहन नगएर सही अर्थमा एउटा सर्वहारावर्गको राजनैतिक पार्टी बन्न सक्दछ । कम्युनिस्ट पार्टीलाई सामान्य “डेमोक्याटिक” पार्टीबाट माथि उठाएर सही अर्थमा कम्युनिस्ट पार्टी बनाउने प्रश्नले अत्यन्तठूलो महत्व राख्दछ । आज समाजवादको प्रचारको कुरा परै छ, पार्टीका नया“ जनवादी कार्यक्रमको प्रचार पछाडि परेको छ” उही (पृ.६०) । तर हामीले त्यो बेला पार्टीको चेतनाको स्तरबारे जुन आत्मालोचना गरेका थियौ“, के त्यसलाई बदल्न हामी सफल भएका छौ“ ? इमान्दारितापूर्वक हे¥यौ“ भने हामीले पाउनेछौ“ कि त्यो बेलाको अवस्थामा सुधार गर्न हामी कमै सफल भएका छौ“ । त्यति मात्र होइन, पा“चौ“ महाधिवेशनमा जुन प्रकारको सम्भावनाहरूको चर्चा गरिएको थियो, गत वर्षहरूमा ती मध्ये कतिपय सत्य सावित भएका छन् ।

गलत प्रवृत्ति, विचार र भड्कावहरूको बारम्बार पुनरावृत्तिको खतरा

पाचौं महाधिवेशनमा पारित तात्कालिक राजनैतिक प्रस्तावमा स्पष्टसित भनिएको छ : “हाम्रो पार्टीमा ठूलो सङ्ख्यामा यस्ता समस्याहरू छन्, जसले सामान्यतः पार्टीको जनवादी कार्यक्रमबाट आकर्षित भएर नै पार्टीमा प्रवेश गरेका छन् र उनीहरूको चेतनाको स्तर पार्टीका लक्ष्यहरूको स्तरसम्म उठ्न सकेको छैन । त्यति मात्र होइन, पार्टीमा नया“ जनवादी कार्यक्रमको स्तरभन्दा धेरै तल चेतनाको स्तर, मध्यम वर्गीय वा धनी किसानको स्वार्थको घेरासम्म सीमित रहेका तत्वहरू पनि थुप्रै छन् । कतिपय तत्वहरूले ती पार्टीका तात्कालिक नीति र संघर्षहरुबाट प्रभावित भएर पनि पार्टीमा प्रवेश गर्ने गर्दछन् । पार्टीमा यसप्रकारका तत्वहरुको अधिकताको नै परिणाम हो कि गत दशकहरुमा हाम्रो पार्टीमा अत्यन्तै ठूलो मात्रामा विभिन्न प्रकारका गैरक्रान्तिकारी, दक्षिणपन्थी अवसरवादी प्रवृत्ति जस्तै अवसरवाद, भड्काव वा गद्दारीहरु देखापर्ने गरेका छन् । तर हामी यसबारे स्पष्ट हुनुपर्दछ कि त्यसप्रकारका प्रवृत्तिहरु पार्टीबाट अलग भइसकेको तत्वहरुसम्म मात्र सीमित थिएनन् । कम्युनिष्ट पार्टीका अधिकतम सिद्धान्त र उद्देश्यहरुसम्म चेतनाको स्तर नउठेका तत्वहरु ठूलो संख्यामा पार्टीमा विद्यमान भएकाले पार्टीमा त्यसप्रकारको गलत विचार, प्रवृत्ति र भड्कावहरू बारम्बार उत्पन्न हुने सम्भावना रहिरहन्छ र आज पार्टीभित्र त्यो सम्भावना बढ्दै गइरहेको छ । आज पार्टीमा त्यसप्रकारका गलत विचार र प्रवृत्तिहरु निकै बढ्दै गइरहेका छन् र ती अत्यन्तै तीब्र र गम्भीर भएका छन् । उही पृ. ११–१२ ।

पाचौं महाधिवेशनपछि पार्टीमा देखापरेका विभिन्न प्रकारका अवसरवादी गुट र फुटहरुले पाचौं महाधिवेशनको त्यो भनाइलाई सत्य प्रमाणित गरेको छ । पाचौं महाधिवेशनको त्यो भनाइ आजको सन्दर्भमा पनि सत्य हो । “पार्टीको अधिकतम सिद्धान्त र उद्देश्यहरुसम्म चेतनाको स्तर नउठेका तत्वहरु ठूलो संख्यामा पार्टीमा विद्यमान भएकाले पार्टीमा त्यसप्रकारका गलत विचार, प्रवत्ति र भड्कावहरु बारम्बार उत्पन्न हुने सम्भावना रहिरहन्छन् ।” त्यो कुरा अतीतबारे मात्र होइन, आजका सन्दर्भमा पनि सत्य हो । त्यसकारण पार्टीका सदस्यहरूको चेतनाको स्तरलाई समाजवाद, साम्यवाद तथा सर्वहारा विश्वदृष्टिकोणको स्तरसम्म उठाउने सैद्धान्तिक कार्यलाई हामीले दस्तावेजसम्ममा मात्र सीमित राख्यौ“ भने पा“चौ“ महाधिवेशनपछिको जस्तो स्थिति जस्ताको तस्तै रहनेछ । त्यसकारण यो सैद्धान्तिक कार्यलाई ठोस र व्यावहारिक रूप दिनेबारे हामीले गम्भीरतापूर्वक पहल गर्नुपर्दछ ।

सर्वहाराकरणको प्रश्नप्रति उपेक्षा

एकातिर पार्टीका सदस्यहरूको सैद्धान्तिक स्तर उठाउने र विश्वदृष्टिकोणलाई सर्वहाराकरण गर्ने प्रश्नले हाम्रा लागि यति धेरै महत्व राख्दछ भने, अर्कातिर, पार्टीमा हामीले त्यो प्रश्नलाई नै सबभन्दा बढी उपेक्षा गर्ने गरेका छौ“ । हामी पार्टीका कतिपय तात्कालिक राजनीतिक, सङ्गठनात्मक वा व्यावहारिक कामहरूमा केही सक्रिय भए पनि सैद्धान्तिक कार्यलाई मुख्यतः विश्वदृष्टिकोणलाई सर्वहाराकरण गर्ने प्रश्नप्रति अत्यन्त उपेक्षाको नीति अपनाउने गर्दछौ“ । त्यसको परिणाम यो हुन्छ कि कुनै साथीको मूल्याङ्कन त्यसले पार्टीका सङ्गठनात्मक, राजनैतिक कार्य वा सङ्घर्षहरूमा देखाएको क्षमता, सक्रियता आदिका आधारमा नै गर्दछौ“ । उसको दृष्टिकोणमा कहीं कमी त छैन ? त्यो प्रश्नबारे प्रायशः उपेक्षा गर्दछौ“ । विश्वदृष्टिकोणको सर्वहाराकरणको अर्थ हो । प्रथमतः सैद्धान्तिक रूपमा त्यो प्रश्नबारे स्पष्ट समझदारी बनाउनु, द्वितीय, त्यस अनुरूप व्यक्तिगत जीवन, परिवार, समाज, पार्टी, क्रान्ति आदि सबैबारे आफ्नो चिन्तन प्रणालीको निर्माण गर्नु र, तृतीय, आफ्नो आचरण, व्यवहार तथा पार्टी र क्रान्तिसित सम्बन्धित सम्पूर्ण कार्यप्रणालीलाई त्यस अनुरूप ढाल्नु । जुन अनुपातमा हामीले त्यो दिशामा सफलता प्राप्त गर्दै जानेछौ“, त्यही अनुपातमा हामी आफ्नो क्रान्तिकारी जिम्मेवारी पूरा गर्दै जान समर्थ हुनेछौ“ र हाम्रो चिन्तन र क्रान्तिकारी चरित्रमा निरन्तरता आउ“छ । हाम्रो प्रायशः कमजोरी के छ भने पार्टीका सदस्यहरूको सर्वहाराकरणको प्रश्नलाई हामीले प्रायशः विशुद्ध सैद्धान्तिक अर्थमा लिन्छौ“ र हाम्रो तात्कालिक व्यवहार, आन्दोलन वा सङ्गठनात्मक क्रियाकलापले पूरै पार्टी र क्रान्तिलाई नकारात्मक असर पु¥याइरहेका कुराप्रति उपेक्षा गरिरहेका हुन्छौ“ ।

गोलचक्कर

हाम्रो पार्टी कैयौ“ प्रकारका तात्कालिक राजनीति वा सङ्गठनात्मक गतिविधि वा आन्दोलनमा सक्रिय हुन्छ । तर ती सबै गतिविधिको अर्थ र उद्देश्य के हो हामी यदि अनिश्चित समयसम्म उही प्रकारको सङ्गठनात्मक वा राजनैतिक कार्यविधिको गोलचक्करमा घुमिरहन्छ भने त्यसको क्रान्तिकारी अर्थ र उपयोगिता के हुनेछ त्यस प्रकारको तात्कालिक कार्यविधिमा संलग्न हुनुको उद्देश्य आफ्नो कार्यकर्ताहरूको स्तर, सङ्गठनको स्वरूप र आन्दोलनलाई पनि झन्पछि झन् उच्च र गुणात्मक रूपले माथि उठाउनु हो । तर त्यो दिशामा हामी अत्यन्त पछाडि परिरहेका छौ“ । पार्टीको कार्यविधिले प्रायशः लगातार उही प्रकारको कार्यविधिमा गोलचक्कर लगाइरहेको हुन्छ वा छ । पार्टीसित सम्बन्धित जनवर्गीय सङ्गठनहरूले पनि लगातार उनै पुरानै प्रकारका कार्यविधिलाई दोहोयाइरहेका हुन्छन् । वास्तवमा पार्टीको सङ्गठनात्मक वा राजनैतिक गतिविधिलाई अरू उच्च र क्रान्तिकारी रूप दिने र माथिल्लो स्तरमा उठाउने, त्यसरी दीर्घकालीन रूपले सङ्गठन वा आन्दोलनको क्रान्तिकारी आधार तयार पार्ने कार्य त्यो बेला नै सफल हुन सक्दछ, जब केन्द्रदेखि तलसम्म पार्टी वा जनवर्गीय सङ्गठनहरूका कार्यकर्ताले एकताबद्ध र अनुशासित भएर सबै प्रकारका कष्टहरू सहन, व्यक्तिगत र पारिवारिक क्षतिहरू उठाउन, दमनको प्रतिरोध गर्न, खतराको सामना गर्न, दुश्मनहरूसित जुध्न तयार हु“दै पार्टीको कार्यक्रम, नीति, निर्णय र निर्देशनहरूलाई पूरा गर्न तयार हुन्छन् । तर के यो सत्य होइन कि पार्टीका कार्यकर्ताहरूमा त्यस प्रकारका गुणहरू अत्यन्त कम छन् त्यो अवस्थामा पार्टी र क्रान्तिका व्यापक हितहरूका लागि मुख्यतः पार्टी, सङ्गठन, आन्दोलन र कार्यशैलीलाई क्रान्तिकारी रूप दिनको लागि कार्यकर्ताहरूको चिन्तन र विश्वदृष्टिकोणमा गुणात्मक परिवर्तन नल्याइकन सम्भव छैन ।

क्रमश…………….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here