उघारिदेउ रङ्गमन्चका पर्दाहरु

0
171
  • सुमन थापा

राम्रो हुन ओठमा
लाली लगाउन पर्दैन
सुन्दरता झल्किन देउ यथार्थमा
झुठ लुकाउन मखमली पर्दा नलगाउ
काँडा छिचोलेर
पाइला हरु अघि बढाउ

प्रेम लाई गलत अर्थ नलगाउ
हर धड्कनमा प्रेमको बास हुन्छ
यति हो।।।
तिमिले चाहेको प्रेम र
तिमिलाई चाहने प्रेमको रुप फरक छ
तिमी जे छ्यौ ठिक छ्यौ
आमा, बहिनी, छोरी अनि एउटि प्रेमिका।।

घृणा को नजरले नहेर उसलाई
उसले चाहेको भए हरेक इच्छा पूरा गर्थी
आफ्ना हरुको मायामा
दुःख लुकाउने एक छेउको चाहना
अनि अतृप्त तिर्खा रहँदैनथ्यो
उसको अनुहारबाट फुङ्ग उडेको छ मुस्कान
तारा गन्दै छन उसका नयन

रहर कस्लाई नहुँदो हो
खुला गगनमा पन्क्षी बनी उडि हिड्ने
आफ्नै तालमा पवनसङ्गै
सिमल को भुवा जस्तै जता चाह्यो
उतै सङ्गसङ्गै साथ लाग्ने

मायाको मुल्य लगाउने हरु।।।
मायाको अर्थ नबुझाउ उसलाई
उसले पनि चाहन्थी
समयलाई मुठ्ठि भित्र कस्न
बिवसता ।।।।
मरुभूमि को बालुवा जस्तै
फुत्किदिन्थ्यो समय उ बाट उ सङ्गै।।
बाहिरी आवरण च्यातियो
स्वर हरु गुन्जिए नारी समानताको
तर।।
पर्दा अझै लागेकै छ
भित्र भित्रै धमिरा किराले
काठहरु सके जस्तै।।
उघारिदेउ रङ्गमन्चका पर्दाहरु
उसलाई ।।
फुल्न देउ लालिगुराँस भरि ।
जल्न देउ अखण्ड दिप सरि ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here