इजिप्टका पूर्वराष्ट्रपति मुवारकको निधन

0
30

काठमाण्डौ – इजिप्टका पूर्वराष्ट्रपति  होस्नी मुवारकको  निधन भएको छ ।

३० वर्ष इजिप्टमा शासन गरेका मुवारकको म‌ङ्गलबार ९१ वर्षको उमेरमानिधन भएको ह । उहाँको कायरोमा रहेको सेनाको अस्पतालमा निधन भएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

मुवारकले सन् १९८१ देखि २०११ सम्म इजिप्टका राष्ट्रपतिको कार्यभार सम्हाल्नु भएका पूर्वराष्ट्रपति मुवारकलार्इ प्रदर्शनकारीको हत्या आरोपमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाइएको थियो । तर पछि फैसला उल्ट्याँउदै सन् २०१७ मा उहाँलाई रिहा गरिएको थियो ।

राजनीतिमा प्रवेश गर्नुअघि उहाँ हवाइ सेनाका मार्सल हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here