आसामको खाण्डुलीमा दोश्रो नगर सम्मेलन सम्पन्न

0
214
खाण्डुली, ३० नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर क्षेत्रीय समिति अन्तर्गत खाण्डुली नगर समितिको दोश्रो सम्मेलन सम्पन्न भएको छ । एकराज कटुवालको अध्यक्षता तथा प्रेम रावतको सञ्चालनबाट अगाडि बढेको सो सम्मेलनको उद्घाटन केन्द्रीय सदस्य तथा क्षेत्रीय समितिका अध्यक्ष अमित केसीले गर्नुभएको थियो ।
                   उद्घाटन मन्तव्यमा केसीले आसाममा रहने नेपाली भाषी भारतीय नागरिकहरुलाई १९५० को संधिसँग जोडेर उनीहरुलाई भारतीय नागरिक सरह व्यवहार गरिनु पर्नेमा जोड दिनुभएको थियो । “विभिन्न प्रलोभनमा फसाएर केन्द्र तथा प्रादेशिक सरकारले मुख्य विषयबाट ध्यान हटाउने प्रयास भइरहेको छ ।” केसीले अगाडि भन्नु भयो– “नेपाली भाषीहरु बीच बलियो एकता र उच्चस्तरको संगठित आन्दोलनमा लाग्न सम्पूर्णलाई आव्हान गर्दछु ।”
                            सम्मेलनले राजेन दहालको अध्यक्षतामा १५ सदस्यीय नगर समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– राधिका प्रधान, सचिव– नारायण उपाध्याय, सहसचिव– सुरेन्द्र क्षेत्री र कोषाध्यक्ष– प्रेम राई रहनुभएको छ । त्यस्तै सदस्यमाः नारायण प्रसाद ढकाल, बाबुलाल चापागाई, रामु गुरागाई, गणेश क्षेत्री, नारायण राई, सञ्जय शर्मा, रवि ढकाल र डोलराज तिवारी रहनुभएको छ । प्रेम बराललाई सम्मेलनले सल्लाहकार चयन गरेको छ ।
                            सम्मेलनमा क्षेत्रीय समितिका सदस्य मधु शर्मा, अर्जुन खदाल, जोवाई नगर समितिका किसन सुवेदी, अनन्त भुषाल, स्थानीय तथा सरकारी गाउबुढा ध्वज बहादुर कार्की, त्यस्तै भूपध्वज घिमिरे, बद्री क्षेत्री, इन्द्र प्रसाद सुवेदी, डोलराज तिवारी, एकराज दहाल, राधिका प्रधान, गिता चापागाई र छविलाल पोखरेलले शुभकामना दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here