आरक्षण कोटाबाट नेपालकै धनी विनोद चौधरी सांसद !

0
317

काठमाडौं । पछाडी पारिएको समुदाय र बर्गलाई राज्यको मुलधारमा ल्याउन नेपालको संविधानले आरक्षणलाई ग्यारेन्टी गरेको छ । तर नेपाली कांग्रेसले विश्वकै धनी ब्यक्तिको सूचिमा परेका उद्योगि विनोद चौधरीलाई आरक्षण कोटाबाट सांसद बनाउने तयारी गरेको छ ।

पहिलो संविधानसभाको निर्वाचनपछि एमालेबाट समानुपातिक सांसद बनेका चौधरी भर्खरै सम्पन्न प्रदेश र संघको निर्वाचनअघि नेपाली कांग्रेस बनेका थिए । निर्वाचनको केही समयअघि मात्र कांग्रेसमा प्रवेश गरेका चौधरी निर्वाचन परिचालन उससमितिको अर्थ विभाग प्रमुख भएका थिए ।

निर्वाचनमा कांग्रेसलाई अर्थ परिचालन गरेका चौधरी मधेसी कोटाबाट समानुपातिक सांसद बन्ने भएकमा छन् । कांग्रेसले उनलाई मधेसी कोटाबाट सांसद बनाउने पक्कापक्की भएको छ । सदियौदेखि राज्यबाट पछाडी पारिएका समुदायलाई राज्यको मुलधारमा ल्याउने उदेश्यका साथ आरक्षण ब्यवस्था गरिएको थियो । तर कांग्रेसले विश्वकै धनी ब्यक्तिको सूचिमा नाम परेका चौधरीलाई पछाडी पारिएका समुदायको प्रतिनिधित्व गराउँदै सांसद बनाउने भएको छ ।

निर्वाचन भन्दा पहिले प्रत्यक्ष निर्वाचन लड्न एमालेको दैलोमा पुगेका थिए । एमालेले कांग्रेसका महामन्त्री शशांक कोइरालाको निर्वाचन क्षेत्रमा चुनाव लड्न भनेपछि उनी कांग्रेसको क्याम्पमा पुगेका थिए । कांग्रेसको क्याम्पमा पुगेका चौधरीले निर्वाचनका बेला बामगठबन्धनले जिते सवै उद्योगहरु सरकारीकरण हुने भन्दै भ्रम पनि फैलाएका थिए ।

उनलाई आरक्षण कोटाबाट सांसद बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला राजी भएका छन् ।

एस काठमाडौंबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here