आमा तपाई किन यति धेरै निष्ठुरी ?

0
260

भोपाल, ३ अगस्त । “मम्मी ! मैले हजुरको दूध पिउन नपाएको १३ घण्टा भयो । म कति रोएँ कति, हेर्नुस त मेरा होंठ कति निला भएका छन । तिम्रो अभावमा रोएर आँखा राता भएका छ्न । आत सुकेर लाम्टो भएको छ । यि एकता समाजका काकाहरुले हजुरलाई नभेटाएको भए हामी सधैंसधैलाई बिछोड हुने रहेछौं । नि मम्मी, म कति रोए कति, तिम्रो अभावमा तर तिमी कति निस्ठुरी रहेछेउ ।” भनाई अबोध १३ वर्षिय बालिका विन्दुले १३ घण्टा विछोड पछि आफ्नो आमालाई भेटेर सांकेतिक रुपमा प्रकट गरेको भाव हो ।

ति अबोध बालिकाले खुशीका मुहार झल्काउँदै– “एकता समाजका अंकलहरु म आज धेरै खुशी छु मम्मीको दूध पिउन छोड्ने नहुँदै मम्मीले मलाई छोडेर जाने निधो गरिसक्नु भएको रहेछ तर हजुरहरुको सहयोगले मेरो मम्मीलाई पाय । म हजुरहरुलाई धेरै माया गर्छु” भाव प्रकट गरिन् । प्रस्तुत गर्न सक्ने उनको उमेर होइन । साहेद प्रस्तुत गर्न सक्ने भएको भए कति धेरै गन्थन प्रस्तुत गर्दथिन् ।

यहि १ अगस्त २०१८ का दिन नेपाल सुर्खेत जिल्ला घर भई भारतको महारास्ट्रबाट घर जानभनि आफ्नो श्रीमान वीर बहादुर साउदले आफ्नी श्रीमति निर्मला साउद (निसा) बर्ष २० र ३बर्षकी छोरी बिन्दुलाई लियर स्वदेश फर्कदै थिए । उनीहरु उत्तर प्रदेशको ललितपुर स्टेशनमा पति वीरबहादुर र छोरी बिन्दुलाई छ्क्कायर फेरी महाराष्ट्र फर्कने दौरानमा भोपाल स्टेशनमा एक जना नेपाली अलपत्र अबस्थामामा फेला परेकी थिइन् ।

घटनाको जानकारी मूल प्रवाह एकता समाज का प्रतिनिधिलाई प्राप्त भएपछि समाजका प्रतिनिधि मण्डल तत्काल स्टेशनको महिला वेटिङ रुममा पुगेको थियो । सो महिलालाई भोपाल जि.आर.पि. पुलिस र एकता समाजका प्रतिनिधिहरुले सोधपुछ गर्दा उनी श्रीमन र छोरीको साथमा स्वदेश जादैगर्दा उनीहरुलाई छाडेर ट्रेनबाट झरि ललितपुरबाट भोपाल आयको बताइन् ।
एकता समाजका प्रतिनिधिले किन तिमी यसो गरेको भनि प्रश्न गर्दा “मलाइ लिन महाराष्ट्रबाट एकजना केटो आउँदै छ, म उसँग बिहे गर्ने वाचा गरेका छु । म नेपाल जान्न” भनिन् । पुलिस प्रतिनिधि मण्डलले सम्झाई बुझाई गरेपछि श्रीमानको मोबाइल नम्बर दिएकी थिइन् ।

मम्मी मम्मी भन्दै रुँदै गरेकी छोरीलाई लिएर सामान सबै छोडेर कहिले ललितपुर कहिले झाँसी ओहोर दोहोर गर्दै श्रीमतीको खोजीमा हिंडेका विर बहादुरलाई एकता समाजका प्रनिधिनिले फोन सम्पर्क गरि उनको श्रीमती भोपालमा रहेको बताएका थिए । जानकारी पाए पछि मुरेनाबाट विर बहादुर फर्कि भोपाल आएका थिए ।

जि .आर .पि. पुलिस थानाले एकता समाजका प्रतिनिधिलाई सुम्पिए पछि निज महिलालाई एकता समाज महिला बिभाग कि प्रतिनिधिको निवासमा राखिएको थियो । रात्री १०बजे पति विर बहादुर र छोरी बिन्दु भोपाल आइपुगेका थिए । २ अगस्त २०१८ का दिन अलपत्र महिलालाई अज्ञात व्यक्तिबाट मुक्त गराई खुशी खुसी स्वदेश आफ्नो घर नेपाल सुर्खेत फर्काएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here