आधारशीला काव्यप्रवाहको बार्हौ शृङ्खला सम्पन्न

0
979

काठमाडौं । आधारशीला काव्यप्रवाहले बार्हौ काव्य शृङ्खला सम्पन्न गरेको छ । कविता वाचन तथा मानज जीवनमा गीत संगीतको भूमिका विषयमा अन्तरक्रियाको रुपमा संचालित सो कार्यक्रममा जनगायक तथा रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष जीवन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रम काव्यप्रवाहका अध्यक्ष कौशिला रिसालको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा जनगायक जीवन शर्माले गीत संगीतको महत्व बताउदै , सरल, सान्दर्भिक र जनजीवन सङ्ग जोडिएका गीत नै सबैका हृदयमा बस्ने हुदा आफूले लेखेका र गाएका गीत जिवन्त हुने गरेको अनुभव सुनाउनुभयो ।

उहाले शिमली छायामा, छैन मेरो शरीरमा अत्तरको सूगन्ध लगायतका गीतहरु गाएर वातावरण रमाइलो बनाउनुभयो । कार्यक्रममा श्याम महर्जन,बासु ठकुरी, धर्मानन्द भट्ट , निर्मल पराजुली, दुर्गा तिवारी, सुबास जि.सी., सुशिला ढकाल, पुरषोत्तम पौडेल, सुन्दर बहादुर खड्का , राजन न्यौपाने,राजेन्द्र घिमिरे, सन्तोष बस्नेत, पेरिसा भट्ट लगायतले रचना वाचन गर्नु भएको थियो । वेद पुर्वीय वाङ्मयका अध्येता तिलक प्रसाद लुइँटेलले कविता सिद्धान्तका बारेमा बोल्नुभएको थियो ।

आधारशीला क्याम्पसका क्याम्पस प्रमुख समीर सिंहले कार्यक्रमका बारेमा स्पष्ट पार्नुभएको थियो । त्यस्तै क्याम्पसका अध्यक्ष भोलानाथ ढकालले काव्यप्रवाहको उद्देश्यमाथि प्रष्ट गर्दै आगामी दिनमा यसको निरन्तरता रहने बताउनुका साथै धन्यवाद ज्ञापन गर्नुभएको थियो । अक्सफोर्ड स्कुलका प्रिन्सिपल राजेन्द्र प्रसाद ढकाल, अक्सफोर्ड स्कुलका कार्यक्रम सम्योजक बिष्णुहरी देवकोटाले पनि सम्बन्धित बिषयमा सम्क्षिप्त भनाई प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन काव्यप्रवाहकी सचिव सुगिता शाहले गर्नुभएको थियो । हाँक साप्ताहिकका सम्पादक नारायण शर्मा लगायत ३५ जना कवि तथा सर्जकको उपस्थिति रहेको सो कार्यक्रम जेष्ठ २६ गतेका दिन काठमाडौंस्थित नयाँबजारमा रहेको आधारशीला कलेजको हलमा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here