आत्महत्या नभई हत्या भएको हुन सक्छः राजमो दाङ

0
674

-पार्टीको झण्डा ओढाएर दाहसंस्कार

-दोषीउपर कडा कार्वाहीको लागि राजमोको माग

  • सन्तोषकुमार गुप्ता

दाङ । राष्ट्रिय जनमोर्चा दाङ्ले देउखुरीको भालुबाङमा भएको घटनाप्रती ध्यानाकर्षण गरेको छ । यहि कार्तिक ७ गते देउखुरीको भालुबाङमा मृत अबस्थामा १ जना युबाको लास फेला परेको थियो । त्यही घटनाप्रति राष्ट्रिय जनमोर्चा दाङले ध्यानाकर्षण गरेको हो ।

जिल्ला अध्यक्ष गणेश आचार्य द्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा नबलपरासी जिल्ला बर्दघाट नगरपालिका १ बस्ने राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य शिबबहादुर रोकाको घटनाले हामीलाई स्तब्ध बनाएको छ । भालुबाङ क्षेत्रमा यस प्रकारका घटनाहरु पटक पटक हुने गरेक छ्न । मृतक शिव बहादुर रोकाको लास र घटनाको प्रकृति हेर्दा कसैले हत्या गरेको जस्तो देखिन्छ ।

उनको टाउको र गुप्ताङमा घाउ छ, नजिकै रगत बगेको छ, रक्सिका बोतल नजिकै छ्न, पासो पाइन्टको बनाइएको छ । यहि कुराले पनि त्यो आत्म हत्या नभएर हत्या हुन सक्ने आसङ्का गर्ने ठाँउ देखीएको छ भनीएको छ । यश प्रकारका घटना बारम्बार हुनुबाट जोगाउन प्रशासनलाई ध्यानाकर्षण गराउनुका साथै घटनाको सत्य तथ्य बाहिरलाई पिडित लाई न्याय दिलाउन जोड दिइएको छ ।

दाहसंस्कार

मृतक शिबबहादुर रोकाको बुधबार दिउँसो देउखुरीको भालुवाङस्थित राप्ती नदीमा दाहसंस्कार गरिएको छ । रोकाको पार्थिव शरिरमा राष्ट्रिय जनमोर्चाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि दाहसंस्कार गरिएको हो ।

केही दिन पहिले अर्थात कार्तिक ७ गते देउखुरीको राप्ती गाउँपालिका—१ पुरानो भालुवाङ बजारको दक्षिण राप्ती नदी तटबन्ध तारमा झुण्डिएको अवस्थामा मृत फेला परेका शिबबहादुरको झण्डै एक हप्तापछि मंगलबार मात्र पहिचान खुलेको थियो । पहिचान खुलेपछि मृतक शिबबहादुरका घरपरिवार बुधबार नै भालुवाङ आएपछि प्रहरी र जनप्रतिनिधिको रोहबरमा राप्ती नदी किनारमा गाडिएको शब निकाली राष्ट्रिय जनमोर्चा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण सहित दाहसंस्कार गरिएको छ ।

रोकाको पार्थिव शरिरमा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेश्मीराज नेपाली, राष्ट्रिय जनमोर्चा नबलपरासी जिल्ला कमिटी अध्यक्ष रेम राना र अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य चित्र एमसीले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । सो अवसरमा आयोजित श्रद्धाञ्जलीसभा कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष नेपालीले शिबबहादुरको मृत्यु एक राजनीतिक नेताको हत्या भएको बताएका छन् । शिबबहादुरको हत्यालाई प्रहरी प्रशासनले आत्माहत्याको रुपमा लिएको आरोप लगाउँदै नेता नेपालीले त्यो आत्माहत्या नभई हत्या नै भएको ठोकुवा समेत गरेका छन् । यो हत्यालाई प्रहरीले गम्भीरतापूर्व नलिएको बताउँदै तत्काल दोषी पत्ता लगाई कडा कार्वाही हुनुपर्ने माग समेत गरे । शिबबहादुरको हत्या पार्टी र जनताले एक कुशल, कर्मठ तथा निडर क्रान्तिकारी युवा नेता गुमाएका बताउँदै नेपाली यसले सिंङ्गो पार्टी र क्रान्तिका लागि ठुलो क्षति पुगेको छ, बताए । अब हामीले यो शोकलाई शक्तिमा बदल्दै शिबबहादुरले सिकाएर गएका मार्गदर्शनलाई आत्मासात गर्नु पर्ने नेता नेपालीले भने ।

श्रद्धाञ्जली सभामा राष्ट्रिय जनमोर्चा नबलपरासी जिल्ला कमिटी अध्यक्ष रेम राना, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य चित्र एमसी र उद्योग व्यापार संघ दाङ जिल्ला कमिटी अध्यक्ष जगतप्रसाद पोख्रेल लगायतका बक्ताले शिबहादुरको हत्या नै भएकोले तत्काल सत्यतथ्य पत्ता लगाई दोषी उपर कडा कार्वाहीको माग समेत गरेका छन् ।

श्रद्धाञ्जलीसभा कार्यक्रमको सञ्चालन अखिल नेपाल युवक संघका नवलपरासी जिल्ला कमिटी अध्यक्ष कुलराज गौतमले गरेका थिए ।

तलको समाचार पनि पढनु होस्

भालुबाङमा मृत भेटिएको शव शिवबहादुर रोकाको !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here