आठजना नेपाली महिलाहरु वेपत्ता भएको विरोधमा दूतावास अगाडि प्रदर्शन

0
209

इन्द्रकमल जैरु
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको कुख्यात वेश्यालय जीबी रोडबाट उद्दार गरी राखिएका ८ नेपाली महिलाहरु आश्रमबाट बेपत्ता भएको घटनाको विरोधमा प्रवासी नेपालीहरुले नेपाली राजदूतावास बाहिर प्रदर्शन गरेका छन् ।

मण्डी हाउस मेट्रो स्टेशनबाट शुरु भएको रैली राजदूतावास नजिकै पुग्नै लाग्दा प्रदर्शनकारीहरुले नारा चर्काएका थिए । दूतावास पुगेपछि प्रदर्शनकारीहरुले दूतावासका प्रतिनिधिलाई १३ सूत्रीय माग समेटिएको ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापनमा बेपत्ता नेपाली महिलाहरुलाई तुरुन्त खोजी गरिनुपर्ने, सीमामा फितलो सुरक्षा जाचका कारण नेपाली महिला बेचविखनमा पर्ने गरेकाले सीमामा सुरक्षा जाचको व्यवस्थापनमा कडाई गरिनुपर्ने, दुतावास जनपक्षीय हितका विषयमा जिम्मेवार बन्नुपर्ने, नेपाल–भारत सीमामा हुने समस्याहरुको स्थायी समाधानका लागि माथिल्लो स्तरबाटै पहल हुनुपर्ने, भारतमा नेपालीहरुले नागरिकताको आधारमा काम गर्ने वातावरण मिलाउनु पर्ने जस्ता मागहरु समेटिएका छन् ।

प्रदर्शन नयाँ शक्ति पार्टी नेपालको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज भारतको दिल्ली राज्य समितिको अगुवाईमा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here