विर्तामोडमा अखिल (छैठौं)को झण्डा फरर

0
2010
विर्तामोड । “शैक्षिक निजीकरण, उदादरीकरण र संघीयता विरुद्ध हाम्रो आन्दोलन, जनवादी शिक्षा र राष्ट्रियताको रक्षाका लागि २१औं रािष्ट्रय सम्मेलन” भन्ने मूल नारा अन्तर्गत आज अखिल छैठौंले आफ्नो एतिहासिक २१ औं राष्ट्रिय सम्मेलन झापाको विर्तामोडमा सम्पन्न पार्न गइरहेको छ ।
सम्मेलन राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गर्नु हुने सम्मेलन तयारी समितिले बताएको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय प्रवक्ता तथा उपाध्यक्ष एवं प्रतिनिधि सभाका सांसद दुर्गा पौडेलले पनि सम्बोधन गर्नु हुनेछ ।
सम्मेलन सफल पार्नका लागि देशभरिका प्रतिनिधिहरु आज विहानसम्म विर्तामोड पुगिसका छन् । आयोजक समितिका जिम्मेवार नेता कार्यकर्ताहरु एक महिना पहिलादेखि नै विर्तामोडमा पुगि व्यापक तयारीमा जुटिरहेका छन् । देशभरिबाट करिब  ४ सय प्रतिनिधिहरुको उपस्थिति हुने उक्त सम्मेलनमा आज उद्घाटन समारोह सम्पन्न भए लगत्तै बन्दशत्र र नयाँ नेतृत्व चयनको लागि प्रकृया अगाडि बढ्ने छ । पर्सी आइतबार घोषणा सभा पश्चात सम्मेलन सम्पन्न भएको घोषणा हुने समाचार छ ।
देशमा बढ्दो महंगी, हत्या, हिंसा तथा अपराध जन्य घटनाहरुले गर्दा अराजक गतिविधि बढिहरेको यो परिवेशमा सम्पन्न हुन लागिरहेको विद्यार्थी सम्मेलनले समाजलाई अवश्य नै नयाँ सन्देश प्रवाह गर्ने विभिन्न तप्काका व्यक्तित्वहरुको आकांक्षा छ । नेपालको राजनीतिक वृत्तमा धेरै नेतृत्व प्रदान गरिसकेको युनियनको यो सम्मेलनले पनि अवश्य नै निरन्तर योगदान पुर्याउका लागि कोशेढुंगा सावित हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here