आज पत्रपत्रिकाले के लेखे ?

0
138

असोज २९ , काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि अधिकांशले दशैंसँग सम्बन्धित सामग्रीहरुलाई बढी जोड दिएका छन् । केहीले मिथिलाको दशैंबारे चर्चा गरेका छन् ।

कान्तिपुर:
प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँदिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि स्वदेश फर्किएका छन् ।

‘भारतीय प्राविधिकले डिफेन्स (सैन्य) कारण देखाउँदै यसपटक निर्णय नै गरेनन्’, बैठकमा सहभागी एक अधिकारीको हवाला दिँदै कान्तिपुरले अगाडि लेखेको छ, ‘यो विषय फेरि प्रधानमन्त्री तहकै वार्तामा फर्केको छ ।’

देउवताको डरले गाउँ मदिरामुक्त बनेको रोचक खबरलाई कान्तिपुरले एंकर बनाएको छ । मुगुको रारा नगरपालिका–१३, थार्प गाउँका स्थानीयले देउता रिसाउने डरले मदिरा खान छाडेका हुन् ।

आफ्ना आराध्य मष्ट देवताका डरले गाउँलाई त्यहाँका स्थानीयले निषेधित बनाएका छन् । एक सय तीस घरधुरी रहेको थार्पाका बासिन्दामा मदिरा सेवन वा बिक्रीवितरण गरे मष्ट देवताले सजाय दिने विश्वास छ ।

नागरिक:
‘त्रिपालभित्र दशैं उत्साह’ शीर्षक दिएर बबईको बाढीबाट विस्थापित तुलसीपुर बखरियाका बासिन्दाको कथा छापेको छ ।

सिक्टा सिँचाइ अनियमिततामा संलग्न कर्मचारी र ठेकेदारलाई उन्मुक्ति दिइएको, अपहरणपछि बारामा बालकको हत्या भएकोलगायत समाचार छन् ।

अन्नपूर्ण :
मिथिलाको दशैं चर्चासँगै प्याराग्लाइडिङको विश्वकप नेपालमा हुने खबर पनि छ ।

नेपाल समाचार :
नेपालमा प्याराग्लाइडिङको थप विकास गर्ने उद्देश्यले कात्तिक १५ देखिअ १९ सम्म स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवफाँटमा प्रथम प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप –विश्वकप) हुने भएको छ ।

नयाँ पत्रिका:
आयल निगमको लापरबाहीले दशैंमा पेट्रोल पम्पमा लाइन लागेको, सुन तस्करीका अभियुक्त दुबईमा पक्राउ परेकोलगायत समाचार छन् ।

राजधानी:
लोकसेवाको कर्मचारी भर्ना दुई महिना रोकिएको लेखेको छ भने गोरखापत्रमा द्रुतमार्गका पुल बनाउन ६ कम्पनी सर्ट लिस्टमा परेको समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here