शनिबार, चैत्र १० ।
-
राष्ट्रिय जनमोर्चाले युरोपियन युनियन(ईयु)का प्रतिनिधिलाई देश निकाला गर्न माग गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले शनिवार प्रेस विज्ञक्ष्ति प्रकाशित गर्दै ईयुले कुटनीतिक मर्यादा उल्लंघन गर्दै नेपालको संविधान र सार्वभौमिकतामाथि हस्तक्षेप गरेकोले उनहिरुलाई देशबाट निकाला गर्नुपर्ने बताएका छन् ।
-
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि लगातार तीन नेपाली प्रधानमन्त्री दिल्ली पुगेको भन्दै अब भारतीय पक्षबाट उच्चस्तरीय भ्रमणको सुरुवात हुने अपेक्षा आफूहरुले गरेको बताएका छन्।
-
नक्कली परीक्षार्थीको आरोपमा पक्राउ परेका ११ जना मध्ये एक जना बानेश्वरस्थित रत्नराज्य स्कूलमा रहेको परीक्षा केन्द्रबाट र अन्य १० जना कोटेश्वस्थित सीआईटी कलेजबाट पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ।
-
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ उत्पादनहरूमाथि उच्च कर लगाइने जनाएपछि चीनले व्यापारसम्बन्धी आफ्ना हितहरूको बचाउ गर्ने भन्दै अमेरिकालाई सावधान गराएको छ।
-
फ्रान्समा एउटा सुपरमार्केटमा एकजना बन्धक छुटाउन आफ्नो ज्यान जोखिममा राखेका एक प्रहरीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
-
प्रजातान्त्रिक गणतन्त्र कंगोले जिनिभामा आगामी महिना आफ्नै लागि आयोजना गर्न लागिएको एउटा दाता सम्मेलनमा सहभागी नहुने जनाएको छ।
-
कतारबाट रेमिट्यान्स पठाउने प्रक्रिया सहज बनाउन कतारको केन्द्रीय ब्याङ्कलाई अनुरोध गरिएको दोहास्थित नेपाली दूतावासले जनाएको छ।
-
मड्रिडस्थित स्पेनको सर्वोच्च अदालतले क्षेत्रीय राष्ट्रपतिका उम्मेदवारसहित पाँचजना क्याटलन पृथकतावादी नेतालाई हिरासतमा लिएको छ।