आगोलागीबाट घाईते वडा अध्यक्ष खनालको निधन सिंगो गाउँ पालिका शोकमग्न

0
42

बरेङ । बाग्लुङ जिल्ला बरेङ गाउँपालिका वडा नं. ३ बाटाकाचौरका वडा अध्यक्ष पूर्ण बहादु्र खनालको बुधवार दिउँसो निधन भएको छ । आगोलागीबाट घाइते भएका खनालको काठमाडौंमा उपचारको क्रममा  निधन भएको हो । खनालको निधनले बरेङ गाँउपालिका शोकमा डुबेको छ ।

घाइते खनालको मंगलवार राती ह्दयघात भएको थियो । सोही ह्दयघातको कारण उनको निधन भएको अस्पतालले जनाएको छ । बैशाख ८ गते गुल्मी जिल्ला चन्द्रकोट गाउककपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको उनको घरमा आगलागी हुदाँ उनका कान्छा छोरा समिर खनालको घटनास्थलमै मृत्यु भएको थियो ।

घाईते खनाल र उनकी पत्नी रुपा खनाललाई उपचारका लागि तत्कालै पाल्पा अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि भोलिपल्ट विहान काठमाडौं लगिएको थियो । उहाँहरुको किर्तिपुरको अस्पतालमा उपचार भइरहेको थियो । अहिले श्रीमती रुपाको अवस्था सामान्य छ ।

वडा नं. ३ का अध्यक्ष तथा बरेङ गाँउ कार्यपालिकाका सदस्य खनालको निधनले गाँउपालिकालाई ठूलो क्षति पुगेको तथा सिङगो गाँउपालिकानै स्तब्ध भएको बरेङ गाँउपालिकाले जनाएको छ ।

बरेङ गाउँपालिका प्रमुख कृष्ण प्रसाद शर्माले एक शोक वक्तव्य जारी गर्दै वडा अध्यक्ष खनालको निधनले सिंगो गाउँ पालिका नै शोकमा डुबेको जनाउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here