आउ नवनिर्वाचित सदस्य

0
341

देशको अंधकार चिर्न दियो बालेर आउ नवनिर्वाचित सदस्य
सामन्ती संरचनाको बिचार फालेर आउ नवनिर्वाचित सदस्य

अत्याचार भित्र पिल्सीएका निमुखा बर्ग उठान गर्न
बैरी दुश्मनका किल्ला ढालेर आउ नवनिर्वाचित सदस्य

धेरै छन् देशमा कम्यूनिष्ठ पार्टी भन्नेहरुको जामात
भ्रामक राजनीतिलाई पछारेर आउ नवनिर्वाचित सदस्य

सामाजका कुरा धेरै भए तर भएन सत्य परिवर्तन
साम्राज्यबादी सोंच पखालेर आउ नवनिर्वाचित सदस्य

राजनीति बिचार र विश्लेषण चिन नअलमलिकन
देशको जिम्मेवारी सम्भालेर आउ नवनिर्वाचित सदस्य

नवीन बस्याल, प्यूठान स्वर्गद्वारी नगरपालिका २
हाल जापान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here