आई.एम.ई. लाइफको कारोवार दोस्रो वर्षमा

0
174
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सको व्यावसायिक कारोवार विधिवत रूपमा सञ्चाल नभएको एक वर्ष पुरा भएको छ । कम्पनीले सो अवसरमा २०७५ भदौ ३ गते एक कार्यक्रमको आयोजना गरी प्रथम वार्षिकोत्सव मनाएको छ ।
               कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले सम्बोधन गर्नु भएको थियो । कम्पनी सञ्चालन भएको एक वर्षभित्र नै कम्पनीको सुखद एवम् सफलतामा सहयोग पुर्‍याउनु नियमनकारी निकाय बीमा समिति, कम्पनी रजिस्ट्रारको कार्यालय, सरोकारवाला सम्पूर्ण निकाय, सञ्चालक समितिका सदस्य, संस्थापक सेयर धनी, कर्मचारी, अभिकर्ताहरूप्रति कम्पनीले हार्दिक धन्यवाद एवम् कृतज्ञता ज्ञापन गरेको छ ।
               यसैबीच, आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल आई.एम.ई. बैङ्क लिमिटेडबीच २०७५ साउन ३१ गते बैङ्क इन्स्योरेन्स सम्झौता भएको छ । उक्त बैङ्क इन्स्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीकातर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र ग्लोबल आई.एम.ई. बैङ्ककातर्फबाट कार्यकारी अधिकृत जनक शर्मा पौडेलले हस्ताक्षर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here