अर्काको होइन, आफ्नो भाषा सँस्कृति सम्बर्धन गरौं

0
349
           हामी नेपालीहरु संसारमा गुलाम नभएको गौरव प्राप्त देशको नागरिक ।  संसारमा सबैभन्दा अग्लो सगरमाथाको उच्च आदर्श बोकेको देशको नागरिक । संसार भरि शान्तिको शंदेश प्रवाह गर्ने गौतम बुद्ध जस्तो महात्मा जन्मिएको देश । यस्तै यस्तै सयौं धार्मिक, साँस्कृतिक, महत्व वोकेका हाम्रो देश ।
           नेपाल भन्ने नामबाटै स्वभिमानी नेपालीहरुको छाती गर्वले ढक्क फुलिन्छ । सम्मानले शिर ठाडो हुन्छ । हर्ष र उल्लासले मन भित्रैबाट वेग्लै उमंग, जोस, जाँगर  र हौसला पलाउँछ । मानौ हामी र हाम्रो देश नै संसारको लागि नमुना देश तथा प्रेरणाको श्रोत हो । हामी नेपालीहरुको विरताको पनि त्यती नै उच्च र सम्मानजनक ऐतिहासिक गौरवको सारगर्वित पृष्ठभूमि छ ।
              तर विडम्बना !! सम्पूर्ण सौन्दर्यतापुर्ण देशको माटो, सँस्कार, सँस्कृति, प्रकृतिबाट सुसज्जित, वहादुरीको अमिट र गौरवमयी पृष्ठभूमिमा नेपालीपनको वेग्लै सँस्कृति, वेग्लै सभ्यता, वेग्लै परिचय, वेग्लै आदर्श र उच्चस्तरको धर्म, सँस्कृति, पर्व, भौगोलिक अलौकिक विविधता माथी हामी नेपालीहरुबाटै कैयन कोणबाट जान अनजानमा वा नियोजित रुपमा हमला भइरहेको भयानक तस्वीर पनि हामी प्रदेशीहरुको मानसपटलमा झल्कन्छ ।
            धार्मिक पर्व तथा विभिन्न चाडवाडहरु कसरी वा कुन रुपमा मनाउन पर्छ त्यो विषयमा यहाँ चर्चा गर्नै छैन । तर आप्mनो देश र माटो सुहाउने धर्म सँस्कृती परिवर्तनको नाममा अर्कै देशको संस्कार र सँस्कृतिको अन्धानुकरण राष्ट्रप्रेमीहरुका लागि असहय हुन्छ र त्यसलाई स्वीकार पनि गर्न सकिदैन ।
               केही वर्षदेखि हाम्रो नेपालीहरुको संस्कृति र विभिन्न पर्वहरूमा खासगरि छिमेकी सँस्कृति तिव्र गतिमा मौलाइरहेको छ । वैशाखमा आउने आप्mनो.नयाँ वर्ष धेरैलाई थाहासम्म हुँदैन, शुभकामना आदान प्रदान त धेरै परको कुरा हो तर अँग्रेजी नयाँ वर्ष भने पुरै तैयारीको साथ नेपाल भित्रसम्म मनाइन्छ । छटपर्व र दिवालीलाई निकै हर्ष र उल्लासपुर्ण रुपमा मनाएको देखिरहेकै छौं । जवकि कैयनलाइँ तिहारको महत्व र देउसी भैलोसम्म थाहा हुँदैन । ठिक त्यसरी नै विभिन्न नेपालीहरुका विवाह पार्टिमा बज्ने गित संगीत, नृत्य, पुजाआजा तथा लेनदेनमा पनि छिमेकी सँस्कृती झल्किन्छ । दशैंको टिकाको महत्व जति तेजीपुर्वक ओझल पर्दै छ, त्यती तिव्र गतीमा छिमेकी सँस्कृति नेपाल पसिरहको छ ।
              ढिलोढिलो कैंयन नेपालीहरुले आप्mनै देशको भाषा बोल्नुभन्दा हिन्दी भाषा बोल्ने र कैंयन ठाउँमा आफु हिमाचल वा गढवालको भयकोसम्म परिचय दिने गरेको पाइन्छ । यसरी सरसर्ती हेर्दा नेपाली भाषा सँस्कृति, चाडपर्वहरू ओझलमा पर्दैछन् । अब हुँदाहुँदा देखासिकी गर्दैजाँदा जनैपुर्णिमा अर्थात डोरो वान्ने पुन्युमा मावलीलाइँ डोरो बान्ने भान्जाको हाथमा मावलकी वैनिले राखि वानि दिने प्रचलनसम्म भित्री सकेको छ ।
               यसरी हामीहरुलाई नयाँ वर्ष, बैशाखी, छट, दशहरा, दिवाली, रक्षाबंधन, जस्ता पर्वहरु यसरी नै मनाउँदै जाने हो भने बैशाखको नयाँ वर्ष, डोरोवान्ने जनै पुर्णिमा, तिजको रातो पोशाकमा रंगिएका चेलीहरुको गित नृत्य, विवाह समारोहमा पञ्चेवाजाको नाच र लोक सँस्कृती, दशदिनको दशैं मनाउँदा दशैं मुलुकबाट पनि आप्mनो घर फर्कने प्रचलन, तिहारको देउसी भैलो सहितको मौलिक सभ्यता, जस्ता अनेकौं विविधता वोकेको सँस्कृति र सभ्यतालाई खोजेर पनि नपाइने ओझेलमा नपर्ला भन्न सकिंदैन । तात्कालिक फाइदालाई मात्र प्रमुख बनाएर देशको भाषा, सँस्कृति र राष्ट्रियताप्रति कुठाराघातका पर्दा भित्रैबाट खेलिने खेलसँग सम्झौता हिन संघर्ष गर्दै राष्ट्र र राष्ट्रियताको रक्षाको लागि एकतर्फ सिमा अतिक्रमण, राष्ट्रियता विरोधी सन्धि सम्झौता र सरकारी गलत नीतिहरुको भण्डाफोर गर्दै जनजनलाई सचेत पार्दै जानु देशभक्त नागरिकको जिम्मेदारी बन्छ । अर्को तर्फ जनताको सभ्यतासँग जोडिएको लोपहुने कगारमा परेको भाषा  सँस्कृतिको मुलमर्मलाई संरक्षण र सम्बर्धन गर्नु पनि देशभक्तहरुकै कर्तव्य हो ।
                  अत यो सामाजिक संरचनाको आमुल परिवर्तन नहुन्जेल श्रमजीवी नागरिकका हक अधिकार, भाषा, सँस्कृतिको संरक्षण नहुने कुरा निश्चित हुँदाहँुदै पनि यो संरचना भित्रैबाट सचेत र संगठित आवाजहरु निरन्तर वुलन्द गर्दै हाम्रा हक अधिकार केहि हदसम्म सुरक्षित रहने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here