अरुण बेचुवा भन्दिए

0
546

बलराम तिमिल्सिना

पार्टीको नाम के भनेर सोधे
अरुण बेचुवा भन्दिए !
थर चाहि के नि भनेर सोधे
मदन घिचुवा भन्दिए !
हे वरै हे वरै …….

आदर्श चिलिम फर्किएपछि
जे सक्यो त्यही गर्ने त हो !
सतुरको सेवा गरेर खाने
या नि ठहरै मर्ने त हो !
हे वरै हे वरै …..
जनता लागे रुन चिच्याउँन
नेता लागे मस्त भै रमाउँन !

कुन बाटो हिड्ने भनेर सोध्लान
संसदै संसद हो भन्दिए !
समाजवाद खोई भनेर सोध्लान
मोदीले दिन्छन् भन्दिए !
कसरी दिन्छन् भनेर सोध्लान
सक्नेले किन्छन भन्दिए !
न सक्नेले के गर्ने भन्लान
हेरिराख्नु क्या भन्दिए !

हे वरै हे वरै …….
सपना छैन लछिनको देख्या
घरमा बाढी पसेको
चोठामा चढौं भनेर भन्दा
गोमन सर्प बसेको
निस्केर भागौं भन्दा भन्दै
पछाडिबाट डसेको !
घाऊबाट धरर रगत
आँखाबाट आँसु छ खसेको !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here