अमेरिकाले नेपाललाई प्रधान गरेको MCC परियोजना तत्कालका लागि स्थगित ।

0
13

अमेरिकाले नेपाललाई प्रदान गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग हाललाई रोकिएको छ। अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै अमेरिकी सहायता संस्था एमसीसीले फागुन महिनाको इमेल पत्रमार्फत नेपाल सरकारलाई यसबारे जानकारी गराएको जनाएको छ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार एमसीसी अन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाका लागि फण्डबाट हुने भुक्तानी अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिने स्थगनसम्बन्धी कार्यकारी आदेशअनुसार रोकिएको हो।

नेपालमा एमसीसी सम्झौता लामो समय विवादित बनेपछि संसद्ले व्याख्यात्मक घोषणासहित २०७८ फागुन १५ गते पारित गरेको थियो। त्यसयता परियोजनाहरू कार्यान्वयन चरणमा रहेका भए पनि अमेरिकाले जारी गरेको आदेशका कारण सहयोग तत्कालका लागि रोकिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here