अभानेवि संघ मध्य दक्षिणको भेला सम्पन्न

0
414

हैदरावाद । अखिल भारत नेपाली विद्यार्थी संघ मध्य दक्षिण क्षेत्रीय संगठन समितिको दोस्रो भेला हैदराबादमा सम्पन्न भएको छ । भेलाले जीवन शर्माको अध्यक्षतामा मध्य दक्षिण क्षेत्रीय समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा सुनिल राना, सचिव– रिता शर्मा, सहसचिव– तेजेन्द्र शर्मा, र कोषाध्यक्ष– सितल बिक रहेका छन् । त्यस्नै सदस्यमा: गिता बिक, दिलिप साउद र बैकल्पिक सदस्यमा दान बहादुर घर्ती रहेका छन् । एक स्थान रिक्त राखिएको छ । भेलाले सुनिता परियारलाई सल्लाहकार चयन गरेको छ । वैकल्पिक सदस्य र सल्लाहकारमा एक एक स्थान रिक्त राखिएको छ ।
तेजेन्द्र शर्माको अध्यक्षता र गिता विकको सञ्चालन अगाडि बढेको सो भेलामा सहभागिहरुलाई सुनिल रानाले स्वागत गरेका थिए ।

भेलाको उद्घाटन संघका केन्द्रीय सदस्य सदस्य जीवन शर्माले गरेका थिए । मूल प्रवाहका केन्द्रीय सदस्य राम प्रसाद आचार्य, क्षेत्रीय समितिका अध्यक्ष राम प्रसाद पौडेल, सदस्य रतन सिंह, महिला क्षेत्रीय बिभाग कि मिना आचार्य, रक्तिम केन्द्रीय विभागका झलक पुन, क्षेत्रीय विभागकी कृष्ण कुमारी बिक लगायतले बधाई तथा शुभकामना मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here