अभानेवि संघको चेन्नईमा इकाइ समिति गठन

0
251

चेन्नई, १२ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत अखिल भारत नेपाली विद्यार्थी संघ चेन्नई उत्तर नगर अन्तरगत तन्डियारपेट इकाइ समितिको भेला सम्पन्न भएको छ ।

भेलाको अध्यक्षता कल्पना शर्माले र सञ्चालन नर बहादुर विकले गर्नु भएको थियो । भेलाको उद्घाटन अखिल भारत नेपाली विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष बिक्रम केसीले गर्नुभएको थियो । अतिथि आशनग्रहण पछि सहिदहरूको सम्मझनामा एक मिनेट मौन धारण पश्चात सिता विकले स्वागत मन्तव्य दिनुभएको थियो ।

त्यस्तै विद्यार्थी संघका सदस्य विष्णु कुमार, मूल प्रवाह क्षेत्रीय कोषाध्यक्ष सेरबहादुर विक, महिला बिभागबाट मंगली विकले भेला सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।

भेलाले कल्पना शर्माको अध्यक्षतामा विद्यार्थी संघ टण्डियारपेठ इकाई समिति चयन गरेको छ । जसमाः सचिव– शर्मिला विक, कोषाध्यक्ष– सीता विक, सदस्यहरुमा हरि शर्मा, गोबिन्द शर्मा, कृष्णा शर्मा, दिपु शर्मा बैकल्पिक सदस्यमाः कृष्णा शर्मा र एक स्थान रिक्त रहेको छ ।

नयाँ समितिलाई महिला बिभागकी मंगली विक र मूल प्रवाह एरिया समितिका दल बाहादुर विक लगायतले बधाई दिनुभयको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here